
Ggp
Sgr
Rgp1
Pbu
Unsku
Lnp
pku
Rgp
Srbpu

Ksm
nsb
Wsp
Ssm
Gst
Rgu
Bbu
Sls
Rgu
Hal
Sbs
Pvg
Asm
Vor
Bbbpu
Rsb
Ggd
Rgs
Tsm

Pls
Rmb
Bml
bbt
Mks
Abd
Syp
Ptm
Rpp
sab
Jmb
Jmb
Gsb
दाङ । हाते तानबाट कपडा बुन्ने सम्बन्धी सीप बिकास तालिम तथा प्रबिधी हस्तान्तरण तालिम आइतबार राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा उद्घाटन भएको छ ।
राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला भन्ने नारा सहित उक्त तालिमको विधिवत रुपले उद्घाटन भएको हो । सो तालिम उद्घाटन कार्यक्रमको उदेश्य उद्यमशिलता र आर्थिक बिकासका लागि विपन्न युवा तथा महिला सीप बिकास सम्बन्धी रहेको छ ।
सोही योजना अन्तरगत मगर महिला संघ भालुबाङलाई परेको हाते तानबाट कपडा बुन्ने तालिम आइतबारबाट विधिवत भएको छ । सो तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिती राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले नेपाली हातले बुनेको नेपाली पन,स्वदेशको उत्पादन स्वदेश मै बितरण हुनु पर्दछ भने भनाई राखे भने प्रमुख अथिति बिष्टले राप्ती गाउँपालिका युवा र महिला बिदेशीको गुलामी हुन नपरोस पढेका युवा र महिलाहरुको निम्ति सीप बिकास गरि दिने बाताबरण मिलाईदिने योजना रहेको कुरा पनि बताए ।
त्यसैगरी कार्यक्रमका बिशिस्ट अथिती राप्ती गाउँपालिकाकि उपाध्यक्ष कमलापती चौधरीले पनि हामी सीप बिकासकै योजनामा छौं महिलाहरु श्रीमानको आश नगरेर उद्यमी बन्नु पर्छ भन्ने भनाई राखेका थिए । बिशिस्ट अतिथि प्रशिक्षक कोडिनेटर सन्दिप सापकोटाले तालिमका योजना तर्जुमाहरु बिधिवत राखे ।
कार्यक्रममा बिशिस्टअथिती राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली,राप्ती गाउँपालिका प्रशासन प्रमुख बिकास ज्ञवाली,राप्ती- १ वडाका प्राविधिक सरद पुरी,उद्यम बिकास सहजकर्ता बिनिता चौधरी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यो तालिम राप्ती गाउँपालिकाको आयोजनामा हुन लागेको तालिमको प्राबिधिक सहयोग शुभलक्ष्मी ल्यावाबोटिज बुटवल ६ रुपन्देहीले गरेको छ ।
।उद्घाटन कार्यक्रममा मगर महिला संघको बाक्लो उपस्थिति रहेको कार्यक्रम राप्ती गाउँपालिका १ वडा अध्यक्ष गेम बहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका प्रशासन प्रमुख बिकास ज्ञवालीले गरेका थिए ।
