श्रवण कुमार यादव/राजपुर सोमबार, बैशाख ३१, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यमिक विद्यालयमा आईतबार विद्यार्थीहरुका लागी लागूपदार्थ दुर्व्यसन नियन्यत्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा किशोरीहरुका लागि आत्मरक्षा कार्यक्रम सम्पन्न भएको छ।

राजपुर गाउँपालिकाकाे आयोजनामा भएको कार्यक्रममा सहभागीले यूवाहरुमा लागू औषधको कुलत बढेकाले त्यसको रोकथाम तथा सचेतनाका लागि यस किसिमको कार्यक्रम सञ्चालन गर्दै यूवाहरुलाई सहि बाटोमा हिड्न सबै मिलेर प्रेरित गर्नुपर्ने बताएका छन्।

कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रकाश यादवकोे अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख अतिथि एवं राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवकाे विशिष्ट आतिथ्यतामा भएको थियो।

कार्यक्रममा राजपुर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष रामप्रसाद यादव,ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वली,राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख सुनिता चौधरी,जनज्योति मा.वि. बेलाका शिक्षक बुद्धि प्रकाश के.सी.,प्रशिक्षक बालिका चौधरी लगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रमको सहजीकरण भने राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाका सहायक दुर्गा यादवले गरेका थिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]