
Rgp
pku
Pbu
Rgp1
Ggp
Srbpu
Lnp
Unsku
Sgr

Pvg
Asm
Rgu
Wsp
Ksm
Hal
Ggd
Rgu
Rgs
Vor
Sbs
Tsm
nsb
Gst
Bbu
Rsb
Ssm
Sls
Bbbpu

Bml
Ptm
Rmb
Mks
Jmb
Abd
Gsb
Pls
Jmb
Rpp
bbt
sab
Syp
दाङ । मुक्त कम्लरी बिकास मञ्च दाङले वालविवाह न्यूनिकरण र नियन्त्रण गर्न शिक्षकहरु मार्फत बिद्यालय तहमा सचेतना फैलाउन गढवामा शिक्षकहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षकहरु समाजका सचेत वर्ग भएको र आ–आफ्ना बिद्यालयहरुमा बिद्यार्थीहरु मार्फत सचेतना प्रबाह गराउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको मञ्चका जिल्ला कार्यक्रम संयोजक ज्ञानु थापाले जानकारी दिए । वाल विवाहको असर तथा कानूनी प्रकृयाका बारेमा गढवा ६, ७ र ५ का सरकारी र निजी गरि १४ बिद्यालयका ४० जना शिक्षकहरुलाई दुईदिने सचेतना कार्यशालाको आयोजना गरिएको मंचले जनाएको छ । वाल विवाह कानूनी रुपमा दण्डनिय भएपनि गाउँघरमा उमेर नपुग्दै वाल विवाहहरु हुने प्रचलनलाई नियन्त्रण गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको मुक्त कम्लरी बिकास मञ्चले जनाएको छ । अभिमुखिकरण कार्यक्रममा वाल विवाह भए गराएमा कानूनी उपचारको प्रबधानका बिषयमा छलफल गरिएको छ ।
मुक्त कम्लरी बिकास मञ्च दाङले गढवाका तिनवटा वडाहरुमा समूदाय स्तरमा वालविवाह नियन्त्रण र न्यूनिकरणका सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र शिक्षकहरु मार्फत विद्यालय स्तरमा बिद्यार्थीहरुलाई सचेतना प्रवाह थप प्रभावकारी हुने भएको ठहर गर्दै यस्तो कार्यक्रम संचालन गरिएको बताइएको छ । अभिमुखिकरण कार्यशालाको प्रशिक्षण बिषय बिज्ञ देवि प्याकुरेलले दिनुभएको थियो ।

