
pku
Rgp
Lnp
Pbu
Srbpu
Sgr
Unsku
Rgp1
Ggp

Vor
Sbs
Wsp
Bbbpu
Asm
Rgu
Gst
Bbu
Hal
nsb
Rsb
Tsm
Rgs
Pvg
Ksm
Ggd
Rgu
Sls
Ssm

sab
Syp
Jmb
Pls
Abd
Rmb
bbt
Jmb
Ptm
Rpp
Gsb
Bml
Mks
रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ मगरगोरी रोल्पाका डिलबहादुर बाँठा मगर ८ महिनाअघि रोजगारीको शिलशिलामा मलेसियामा गएका थिए ।
मलेसियामा दैनिकी कमाइ पनि राम्रै भएको र धन पैसा कमाएर आमा बुवाको लागी केहि गरेर देखाउने उनको उदेश्य थियोे ।
त्यस्तै गरेर मलेसियाबाट केहि महिनाको लागी छुट्टी मिलाएर घर फर्किएर बिहे गरेर कर्म थलो मलेसिया फर्किने उनको सपना थियोे ।
घरमा बुवा-आमालाई बिदेशबाट फर्केर विवाह गर्ने वचन दिएका उनले मलेसियामा राम्रै कमाएका थिए । तर शुक्रबार उनले काम गर्ने क्रममा मेसिनमा दाहिने खुट्टा परेर दुई टुक्रा भएको रुन्टीगढि गाउँपालिकाका वडा नम्बर-८ का वडा अध्यक्ष तुलसी पुन मगरले जानकारी दिए ।
घाईते बाँठाको मलेसियामा रहेका साथीहरुको सहयोगमा मलेसियामै उपचार भइरहेको टेक बहादुर रानाले जानकारी दिए । डिल बहादुर बाँठा गतवर्ष असोजमा मात्रै रोजगारीको लागि मलेसिया गएका थिए ।
उनको उमेर करिब २१ वर्ष रहेको र डिलबहादुरको घरमा हजुर बुवा,बुवा-आमा,भाइ र दुई बहिनी बहिनीहरु रहेको टेक बहादुर रानाले जानकारी दिए । रोजगारीको लागि मलेसियामा गएको करिब ४ महिना पछि यस्तो घटना भएको टेक बहादुर रानाले जानकारी दिए । घरमा हजुर बुवा,आमा बुवाहरुले छोराको एउटा खुट्टा गुमेपछि परिवार नै चिन्तामा परेका छन । उनको अहिले सफल अप्रेसन भएको जनाइएको छ ।
