
Unsku
Ggp
Lnp
Pbu
Sgr
Rgp
Srbpu
pku
Rgp1

Ksm
Wsp
Sls
Ggd
Rgu
Sbs
Rgs
Pvg
Rgu
Vor
Bbbpu
Rsb
nsb
Hal
Ssm
Tsm
Asm
Gst
Bbu

Abd
Rpp
Mks
Jmb
Bml
Pls
Rmb
sab
Jmb
Ptm
Syp
Gsb
bbt
दाङ । राजपुर गाउँपालिकाको वडा नम्बर ७ स्थित हाडवास गाउँमा गत बैशाख १६ गते दिउँसो भएको भिषण आगलागिबाट पिडित परिवारले कन्तबिजोग भोगिरहेका छन् ।
आगालागिबाट २३ घर र गोठ समेत जलेर खरानी भएपछि पिडीतहरुको त्रिपाल र खुल्ला आकाश मुनि उनिहरुको वास रहेको छ । खानेपानीको पाईप जलेपछि पिडीतहरुलाई खानेपानीको समस्या भएको बताएका छन् भने हावाहुरीको समयमा खुल्ला आकाश र त्रिपालमुनिकोृ वासले निकै कठिनाई ब्यहोर्नु परेको पिडितहरुको गुनासो छ ।
त्यस्तै बस्ने वास छैन, खाने गास छैन न पिउने पानी नै छ कन्तबिजोग ब्यहोरेर दिन काटेका छौं, सरकार हामीलाई आवास बनाईदिनु पर्यो–स्थानीय अग्निपिडीत टेकबहादुर डाँगीले भने । आगोले घरमा भएका लत्ता कपडा, खाद्यान्न,काठपात,कागजपत्र, पैसा र गरगहना सबै खाइदियो । बर्षभरी खाने राशन जल्यो, बस्ने घर सम्म बनाउन पाए त मजदुरी गरेरै भएपनि ज्यान पाल्ने थियौ । हामीलाई बस्ने बास छिटै चाहियो सरकार समक्ष कुरा पर्याईदिनु पर्यो–अग्निपिडित टुकनाथ योगिले भने । घर सबै जलेर खरानी भयो, गाउँ नै आगोले बिस्थापित गरायो । हामीलाई आवासको ब्यवस्थापन भए विस्तारै सबै समस्या हल हुदै जान्थ्यो–सोहि गाउँकै अग्निपिडित सिता भण्डारीले भने । सरकारका निकायहरु र संघसंस्थाहरु सबै मिलेर हाम्रा वास बनाईदिनु पर्यो ।
राजपुर–७ को हाड्वास गाउँमा अगालागि भएपछि सिंगो गाउँ नै बिस्थापित भएको छ । सरकारका निकायहरु र केहि संघसंस्थाले खाद्यान्न राहात सहयोग गरेपनि आवास निर्माण गरि अग्निपिडितहरुको पुर्नस्थापनाका लागि नगद राहात आवश्यक भएको छ–वडा अध्यक्ष पुष्कर वलीले भने । खानेपानीको पाईप जलेपछि अग्निपिडितहरुलाई खानेपानीको समस्या भएको छ । अपांगता भएका नागरिक, गर्भवती महिला र जेष्ठ नागरिकहरु बिरामी हुने संभावना छ, उनिहरुलाई गाह्रो परिरहेको छ–अध्यक्ष वलीले भने । अगालागि भएपछि यहाँ आउने राहात समाग्रीको ब्यवस्थापन तथा वितरण गर्न म लगातार गाउँलेहरुसंग खुल्ला आकाशमै रात विताएको छु । एकद्धार प्रणालीबाटै राहात वितरण भैरहेको छ । अब पिडितहरुको आवपास निर्माणका लागि गाउँपालिकाबाट जस्तापाता र सामुदायिक वनबाट काठपातको जोहो गर्दै छौं उनले भने ।
त्यसो त राजपुर गाउँपालिकाले उनिहरुको पुर्नस्थापना गर्न आवास निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने र अन्य क्षेत्र र संघसंस्थाहरुलाई पनि सहयोग गरिदिन आग्रह गरेको गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताएका छन् । खानेपानी ब्यवस्थापनका लागि पनि हामीले बजेट छुट्टाएर काम सुरु गर्ने तयारीमा छौं–अध्यक्ष बुढाथोकीले भने ।
गढवा होटल ब्यवसायी संघद्धारा राहात वितरणः
अग्निपिडितहरुलाई तत्कालको समस्या समाधान गर्न बिभिन्न सरकारका निकायहरु र संघसंस्थाहरुबाट नगद तथा जिन्सी राहात जुट्ने क्रम जारी रहेको फिल्डमै खटिएका राजपुर–७ का वडा अध्यक्ष पुष्कर वलीले जानकारी दिए । यसैबिच गढवा होटल ब्यवसायी संघले बुधवार सोहि स्थानमा पुगी २० हजार १ सय नगद राहात प्रदान गरेको छ ।
संघका अध्यक्ष रामबहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको एक कार्यक्रम बिच वडा अध्यक्ष पुष्कर वली मार्फत पिडितलाई आवास बनाउन सहयोग होस भन्ने हेतुले नगद राहात प्रदान गरिएको संघका संस्थापक अध्यक्ष दयाराम थापाले बताए ।
कार्यक्रममा वडा अध्यक्ष वली सहित, संघका संस्थापक अध्यक्ष दयाराम थापा, वडा सदस्य प्रमोद बस्नेत र स्थानीय समाजसेवी अजुन बस्नेतले आवास निर्माणका लागि सबैतिरबाट सहयोग जरुरी रहेको बताए । अग्निपिडितहरुलाई एकद्धार प्रणलीबाट गरिएको राहात सहयोगमा लमही नगरपालीकाले १ लाख २५ हजार उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेको छ भने गढवा होटल ब्यवसायी संघले २० हजार,गोर्खा स्कूल लमहीले ३५ हजार, देउखुरी उद्योग बाणिज्य संघले १ लाख ५ हजार ९ सय पाँच,नेपाल औषधि ब्यवसायी संघले ४० हजार, स्वर्गद्धारी कश्यप सेवा समाजले ७८ हजार १ सय, समाजसेवी कमान सिंह खड्काले ३० हजार र पलबहादुर वलीले २० हजार नगद तथा जिन्सी सहयोग गर्नुभएको छ भने नेपाल रेडक्रस सोसाईटी, लालमटियाको क्लब, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र लगायतका संस्थाहरुले जिन्सी राहात उपलब्ध गराएको बताईएको छ । राहात संकलन कार्य जारी रहेको र पिडित परिवारको आवास निर्माणका लागि सबै तिरबाट सहयोग गरिदिन वडा अध्यक्ष पुष्कर वलीले अनुरोध समेत गरेका छन् ।
