
Srbpu
Unsku
pku
Pbu
Sgr
Ggp
Lnp
Rgp1
Rgp

nsb
Ssm
Vor
Tsm
Ggd
Sls
Rgu
Asm
Sbs
Hal
Rgs
Rgu
Wsp
Pvg
Bbbpu
Ksm
Gst
Bbu
Rsb

Syp
Bml
Jmb
Mks
Pls
Jmb
bbt
Gsb
Abd
Ptm
Rmb
Rpp
sab
दाङ । लालपूर्जा नभएको ऐलानी बस्तिमा खरका झुपडिहरु, कत्तिबेला आगोले गाउँ नै सखाप पार्छ भन्ने त्रासै–त्रासमा माटोका भाँडाहरु बनाएर दैनिक गुजारा गर्ने नागरिकहरु । दिनभर माटाका भाँडा बनाएर उत्पादनले बजार नपाएपछि विहान–साँझ खाने छाक टार्न समेत धौसास्ती । दर्दनाक र कहालिलाग्दो बस्तिका वासिन्दाहरुको अवस्था केहि संघसंस्था र सरकारका निकायहरुको ध्यानाकर्षणले बस्तिको रुप पुरै फेरिएको स्थानीयहरु आफैले बताएका छन् ।
गढवा–३ को खैराखालमा रहेको थारु कुमाल वस्तिमा सहकर्मि समाज, फियान नेपाल, खाद्य अधिकार सञ्जाल र स्थानीय सरकारको नजर परेपछि पुरै वस्तिले स्रुप नै फेरेको र आफूहरुको जिवनस्तर समेत वदलिएको स्थानीय अगुवा –चुन्नुराम थारु कुमालले भने । आजभन्दा बाह्रबर्ष अगाडी हाम्रो गाउँमा सबैका खरले छाएका छाना थिए,आगोमुगो हुने डरले रातमा निद्रा पर्देनथ्यो । दिनभर माटोका भाँडा बनाउने हामीहरुका भाँडा बिक्री नभएर साझ–विहान छाक टार्न गाह्रो हुन्थ्यो ।
१२ बर्ष अघिबाट फियान नेपाल र सहकर्मि समाज तथा दक्षिण देउखुरी अधिकार मञ्च जस्ता संस्थाहरु हाम्रो गाउँको अवस्था देखेर सरकारका निकायहरुसंग खाद्य अधिकारका सवालमा वहस पैरवी समन्वय र सहकार्य गर्दै गएपछि सरकारका निकायहरुको पनि ध्यान पुग्यो । अहिले गाउँका सबैले पक्कि घर बनाउन सफल भएका छन् भने हरेकका घर घरमा मोटरसाईकिल समेत छन् । गाउँ खोला कटानको उच्च जोखिममा थियो ।
सरकारले तटबन्धन गरेपछि बर्षातको समयमा ढुक्क निदाउन पाएका छौं । गाउँका गल्लीहरु पनि कतै पक्कि भएका छन् भने कतै पक्किनाली बनेर सडक ग्राभेल समेत भएका छन् । हामीले बनाएका माटाका भाँडाहरु पनि देशका बिभिन्न स्थानमा बिक्न थालेका छन् । अहिले हाम्रो जिविकोपार्जनमा निकै सुधार भएको छ–स्थानीय सामाजिक अगुवा दामु थारु कुमालले भने । अहिले युवा जनशक्ति बिदेश जाने लहर फैलियो । हामी बिदेश जान नपरोस भन्ने चाहान्छौं । युवाशक्तिलाई पनि पुख्र्यौली पेशाप्रति जागरुक बनाउन सरकारको ध्यान अझै जानु पर्यो–लखनऊ विश्वविद्यालयमा बिएस्सी एजी अध्ययनरत सोही गाउँका स्थानीय छविलाल थारु कुमालले भने ।
कूल ५५ घरधुरी रहेको गढवा–३ खैराखालका समुदायको मुख्य पेशा नै माटाका भाँडाहरु बनाउने रहेको छ । उनिहरुले उत्पादन गर्ने गरेका माटाका भाँडाहरु बिक्री गर्न गाउँमै ७ कोठाको गोदाम पर्यटन बिकास डिभिजन कार्यालय नेपालगंजको ६४ लाख ९२ हजारको अनुदानबाट तयार भएको छ भने बिक्रीगर्ने समन्वय गर्न एउटा समूह बनाइएको छ ।
फियान नेपालको प्राबिधिक सहयोमा सञ्चालित खैरा खाद्य अधिकार समूहले माटाका भाँडाहरु उत्पादन र प्रबर्धन गर्न पटक पटक सरकारका निकायहरुको ध्यानाकर्षण गराउँदै आफ्ना अधिकारहरुलाई अगाडि बढाएको फियान लुम्बिनीका संयोजक सुरेश गौतमले कार्यक्रममा जानकारी दिए ।
कूल ५५ घरधुरीको बसोवास रहेको खैराखाल थारुकुमाल बस्तिका ३३ घरधुरीले माटाका भाँडाहरु बनाउने पेशा अंगाल्दै आएको बताउँछन् । यसअघि सहकर्मी समाज, दक्षिण देउखुरी अधिकार मञ्च र स्थानीय सरकारले पनि माटाका भाँडा पोल्ने आधुनिक भट्टी निर्माणमा सहयोग गरेपछि आफ्नो पुख्र्यौली पेशाप्रति स्थानीयको ध्यान गएको स्थानीयहरु बताउँछन् ।
वडा कार्यालयको सिफारिसमा गतवर्ष पर्यटन विकास डिभिजन कार्यालय बाँकेले ६४ लाख ९२ हजार लगानी गरेपछि भाँडा राख्ने गोदाम घर, प्रदर्शनी कक्ष (सो रुम), भाँडा पोल्ने भट्टीघर, १५ थान भाँडा बनाउने बिद्युतिय मसिन र २ थान माटो पेल्ने मसिन उपलब्ध गराएको छ । अब हामीले उत्पादन गरेका भाँडाहरु बिक्री गर्न पिकअप् भ्यान र मसिनहरु चलाउन प्राबिधिक तालिम आबश्यक छ–स्थानीय अगुवा चुन्नुराम थारु कुमालले बताए ।
यसैबिच खाद्य अधिकारका बिषयमा १२ बर्षको लगातार वहस पैरवि पश्चात् फियान नेपालले मंगलवार एक कार्यक्रमको आयोजना गरी खैरा खाद्य अधिकार समूहको सवाल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । अध्यक्ष दामु थारु कुमालको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुल्सीराम अधिभकारीकोे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फियान नेपालका लुम्बिनी प्रदेश संयोजक सुरेश गौतम, खाद्य अधिकार सञ्जाल गढवाका अध्यक्ष उमाकान्त पन्त, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुवँर लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन खाद्य अधिकार समूहका सचिव चुन्नुराम थारु कुमालले गरेका थिए ।

