
Pbu
Unsku
Srbpu
Lnp
Sgr
Rgp1
Ggp
Rgp
pku

Sbs
Gst
Pvg
Tsm
Asm
Rsb
Rgu
Vor
Sls
Bbu
Rgu
Bbbpu
Wsp
Rgs
Ggd
nsb
Ksm
Ssm
Hal

Gsb
sab
bbt
Ptm
Syp
Mks
Jmb
Abd
Bml
Pls
Rpp
Jmb
Rmb
दाङ । गढवा गाउँपालिका उद्यम विकास शाखाले कटाई सिलाई थप तालिम पाएपछी गढवा गाउँपालिका वडा नम्बर ५ का उद्यमी महिलाहरुले टेलर व्यवसायमा होम्मिएका छन् ।
गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार भन्ने नाराका साथ गढवा गाउँपालिका उद्यम विकास शाखाले गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कटाई सिलाई थप तालिम दिएपछी तालिममा सहभागीमहिलाहरुबाट गढवा – ५ धर्मपुर र बाँकीमा एकैदिन दुई ठाउँमा टेलर व्यवसाय सुरु गरेका छन्।
गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीकी प्रमिला महतराले एकल लगानीमा टेलर व्यवसाय सुरु गरेको जानकारी दिए । आफुसंग सिप थिएन, गढवा गाउँपालिकाले कटाई सिलाई थप तालिम दिएपछि आफु काम गर्न सक्षम भएर थोरै लगानीमा व्यवसाय सुरु गरेको बताए । आवश्यकता अनुसार व्यवसाय बढाउदै लैजान्छु व्यवसायि महतराले भने ।
त्यसैगरी गढवा – ५ धर्मपुरमा महिलाहरुले सामुहिक रुपमा टेलर व्यवसाय सुरु गरेका छन् । कटाई सिलाई थप तालिम लिएका मध्ये चार जना महिलाहरुले सामुहिक रुपमा टेलर व्यवसाय सुरु गरेको सिला चौधरीले जानकारी दिए । गढवा गाउँपालिकाले थप तालिमका साथै सेलाई मेसिन समेत दिएपछी आफुहरुमा काम गर्ने चाहना बढेको बताए । केही गर्न चाहनेहरुका लागि गाउँपालिकाले पक्कै केही गर्छ भन्ने आशा पलाएको चौधरीले बताए । धर्मपुरकी रुकमनी चौधरी, सुनिता चौधरी र सिता चौधरी गरी चार जनाले सामुहिक रुपमा टेलर व्यवसाय सञ्चालन गरेका छन्।
टेलर व्यवसाय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले महिलाहरुलाई आत्मनिर्भर बनाउन पालिकाले करोडौ रकम खर्च गरेको बताउदै तालिम लिएका सबैले केही न केही व्यवसाय गरे पालिकाको उद्देश्य पुराहुने बताए । व्यवसाय सञ्चालन गर्दा व्यवसायीहरूलाई आईपर्ने समस्या समाधानका लागि पालिका हरदम तयार रहेको बताए । तालिम लिने तर व्यवसाय सञ्चालन नगर्नेहरुलाई पालिकाले आगामी कार्यक्रममा तालिममा सहभागी नगराउने बताए । गढवा गाउँपालिकाले पालिकाबासीलाई स्वरोजगार बनाउन आवश्यकता र ईच्छा चाहाना अनुसार विभिन्न तालिम दिने गरेको बताउदै व्यवसाय सञ्चालन गर्नेहरुलाउ एडवान्स तालिम लगायतकाको अन्य सहयोग समेत गर्न पछी नपर्ने बताए ।
टेलर व्यवसाय उद्घाटन कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका उद्यम विकास शाखाकी मिना चौधरी र बिनु भुजेलले गरेका थिए ।

