
Unsku
Srbpu
Ggp
Lnp
Rgp
Sgr
pku
Pbu
Rgp1

Sls
Gst
Rgs
Vor
Bbu
Tsm
Wsp
Sbs
Ksm
nsb
Bbbpu
Hal
Ggd
Rgu
Ssm
Asm
Rgu
Pvg
Rsb

Rmb
Pls
Rpp
Bml
Ptm
sab
Jmb
Mks
Syp
bbt
Gsb
Jmb
Abd
दाङ । दंगीशरण गाउँपालिका वडा नम्बर २ मा रहेको माध्यमिक विद्यालय मधपुरमा मादक पदार्थ तथा लागूपदार्थ दुर्वेशनी न्युनिकरण सम्बन्धि कार्यक्रम आइतबार गरिएको छ ।
नयाँ पाइला पुनर्स्थापना केन्द्र र हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा एक दिने विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई सचेत गराउनुका साथै जनचेतना जगाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको नयाँ पाइला पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले बताए ।
हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका–२ का वडा अध्यक्ष डम्बर खत्रीले युवाहरु लागू औषधमा फस्ने क्रम बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमको भुमिका महत्वपुर्ण हुने बताए ।
कार्यक्रमको प्रमुख अथिति समेत रहेका वडाअध्यक्ष खत्रीले सामुदाय र घरपरिवारबाट लागू औषध दुर्वेशनी न्युनिकरण गर्ने विषयमा अभिभावकहरुले चासो बढाउनुपर्ने बताए । सो अवसरमा नयाँ पाइला पुनर्स्थापना केन्द्रका मनोप्रामर्शविद दाता सैलेश शर्माले विद्यार्थीहरुलाई लागुऔषध दुर्वेशन सम्बन्धि प्रशिक्षण दिएका थिए ।
विद्यालयकी प्रधानाध्यापक बिमला कडेलले विद्यालयको अबस्थाको बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष सिएम बिश्वकर्माले गरेका थिए ।

