
Ggp
Pbu
Unsku
Rgp
Lnp
Sgr
Srbpu
pku
Rgp1

Sbs
Bbu
Rsb
Rgu
Ssm
Pvg
Rgu
Wsp
Rgs
nsb
Ksm
Sls
Bbbpu
Hal
Gst
Tsm
Asm
Ggd
Vor

Syp
Gsb
Pls
Bml
Jmb
Abd
sab
Jmb
Rpp
bbt
Ptm
Mks
Rmb
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।
गाईखर्क सामुदायिक वनमा मंगलबार लागेको डढेलो बस्तीमा छिर्दा पाँच घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक/एक वटा घर आगोले जलेर नष्ट भएको हो ।
त्यस्तै आगलागीबाट ५३ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । धनेश्वर राई र निजका छोरा शक्ति राईको छुट्टाछुट्टै घर जल्दा उनीहरूको तीन तोला सुन, १५ तोला चाँदी नष्ट हुँदा २३ लाख, केशव राई र मकरबहादुर राईको नगद एक लाख ८० हजार नगदसहित अन्य सामग्री जल्दा २० लाख र कविर राईको घर र त्यहाँ रहेको सबै सामान जल्दा १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताए ।
‘खरबारीबाट सल्किएको आगो जंगलमा प्रवेश गरेको रहेछ, प्रहरी र स्थानीयले निभाउने प्रयत्न गर्दा नजिकैको बस्तीमा प्रवेश गरेर घटना हुन पुग्यो, कतिपय घर खरको छानो भएकाले आगो निभाउन कठिनाइ भयो, अन्ततः बस्तीको आगो निभाइयो तर वनको आगो निभाउन सकिएको छैन,’ उनले भने। स्थानीयको खरबारीमा सल्किएको आगो वन क्षेत्रमा फैलिएको प्रहरीले जनाएको छ ।
त्यस्तै वनमा लागेको डढेलो नियन्त्रणको प्रयास हुँदाहुँदै हावाको वेगका कारण एक्कासी बस्तीमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । घरमा लागेको आगो स्थानीय,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,नेपाली सेना,सोलु दुधकुण्ड नगरपालिकाको दमकल र नगर प्रहरी लगायत निकायको प्रयासमा निभाइएको उनले जानकारी दिए ।
