
Lnp
Srbpu
Sgr
Rgp
Pbu
pku
Ggp
Rgp1
Unsku

Pvg
Ggd
Vor
Rgs
Tsm
Rsb
Bbu
Wsp
Hal
Rgu
Gst
Asm
Rgu
Sbs
Ksm
nsb
Sls
Ssm
Bbbpu

Bml
Ptm
Syp
Pls
Jmb
Jmb
Gsb
Abd
Rpp
Mks
Rmb
bbt
sab
जनकपुरधाम । धनुषा जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकार यादवको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव छन् ।
आज बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।
त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दा हुन् ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ । मृतक सञ्चारकर्मी यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
