
Pbu
Unsku
Ggp
Rgp1
Rgp
Srbpu
Lnp
Sgr
pku

Rgu
Asm
Hal
Ksm
nsb
Rgu
Bbbpu
Pvg
Rgs
Tsm
Sbs
Ggd
Gst
Bbu
Wsp
Vor
Rsb
Sls
Ssm

Ptm
Mks
Bml
Syp
Pls
bbt
sab
Rmb
Jmb
Gsb
Abd
Rpp
Jmb
काठमाडौं । काठमाडौंबाट गोरखा जादै गरेको यात्रुवाहक ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारा स्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालक सहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए।
त्यस्तै मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।
यस्तै सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए ।दुर्घटनामा ज्यान गुमाउने पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ ।
