
Sssbus1
tssbus
Ssbus
Pbu
Ssbus
Ssbus
Sssbus1
Gsl
ssbus
nsm

Vor
Rgs
Rgu
Sbs
Bbbpu
Ssm
Ggd
Asm
Bbu
Sls
Wsp
Ksm
Hal
nsb
Tsm
Pvg
Rsb
Rgu
Gst

Jmb
Abd
Gsb
Pls
bbt
Syp
Ptm
Bml
sab
Rmb
Mks
Rpp
Jmb
दाङ । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारको ‘जाग युवा जाग’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत गायक तथा संगीतकार स्वर्णकारको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।
यस गीतमा शब्द, संगीत र स्वर स्वर्णकारको रहेको छ भने गीतको म्युजिक एरेन्ज सन्तोष सुनामले गर्नु भएको छ । यस गीतमा देशको वर्तमान अवस्थालाई झल्काउन खोजिएको छ । युवाहरुले अब जाग्नु पर्छ, रोजगारी माग्नु पर्छ, घुस खान पाइदैन, अब देश बिगार्ने भ्रष्टहरु चाहिदैन, उनिहरुलाई बहिस्कार गर्नु पर्छ भन्दै गायक स्वर्णकारले युवा जमातलाई देश बनाउनका लागि उत्प्रेरित गरेका छन् ।
चुनाव जितेर नेताहरु जनतालाई बिर्सी दिन्छन, उद्योग धन्दा खोल्दैनन, चुनाव जिते बोल्दैनन, अरुको देशमा युवा रोक्छ्न, मेरो देशमा युवालाइ ठोक्छ्न जस्ता शब्दले नेताहरुलाई व्यंग्य प्रहार गरिएको छ । हजारौं युवा वर्गहरु दैनिक रुपमा रोजगारको लागि विदेश पलायन हुने, दिनदहाडै छोरी चेली बलात्कार गर्नेलाई आम माफी हुने, छोरी चेलीको अस्मिता लुट्नेलाई आम माफी दिएर चमत्कार गर्यौं भन्छन भनेर यो गीतमा नेपालको राजनितीलाई गिज्याईएको छ ।
आफ्नै देशमा दुखजिलो गरेर बस्ने वातावरण नभएको, नेता जति गैरकानूनी तरिकाले धन आर्जन गरेर धनि हुने, तिनै नेताले जनताको खुन पसिना खाएको भन्दै गायक स्वर्णकारले आरोप लगाउनु भएको छ । जनताले मतदान गरेका नेताहरुले आलिशान महलमा जीवन बिताउने तर भोट हालेर नेता बनाउने जनताले साँझ बिहान छाक टार्न हम्मे हम्मे भएको भन्दै अब देशका सबै युवा जाग्नु पर्ने गीत मार्फत सन्देस दिनु भएको छ ।
त्यस्तै समग्रमा यो गीतमा गायकले देश प्रतिको माया हुँदाहुँदै पनि युवा पिढीमा बाहिर जाने जुन परिपाटी बसेको छ त्यो परिपाटी हटाउनका लागि र देशमै बसेर रोजगारको ग्यारेन्टी गर्नु पर्छ भन्दै नेपालका शासकहरुलाई खबरदारीको आशय व्यक्त गर्नु भएको छ ।
