तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, फाल्गुण २३, २०८०

दाङ । गढवा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा राप्ती गाउँपालिका र लमही नगरपालिका फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको खेलमा गढवा गाउँपालिकालाई हराउँदै राप्ती गाउँपालिका फाइनल पुगेको हाे।

राप्ती गाउँपालिका र आयोजक गढवा गाउँपालिका बीच भएको खेलमा दुबै टिमबाट निर्धारित समयमा गाेल हुन नसकेपछि पेनाल्टी सुट आउट मार्फत राप्तीले गढवा लाई ५-३ काे फराकिलो गाेल अन्तरले हराउँदै फाइनलमा पुगेको हाे।

त्यस्तै लमही नगरपालिकाले राजपुर गाउँपालिकालाई हराउँदै फाइनलमा पुगेको छ । निर्धारित समयमा दुबै टिमबाट २ बराबर गाेल भए पछि पेनाल्टी सुट आउट मार्फत थप २ गाेल गर्दै लमही नगरपालिकाले राजपुर गाउँपालिकालाई ४-२ काे गाेल अन्तरले हराउँदै फाइलमा पुगेको आयाेजकले जानकारी दिएको छ।

त्यस्तै फाइनल खेल आगामी २७ गते हुने भएको छ।फाइनल खेलमा राप्ती गाउँपालिका र लमही नगरपालिका बीच प्रतिस्पर्धा हुने बताइएको छ।

गढवा गाउँपालिकाले आफ्नो स्थापन दिवसको अवसरमा गाउँपालिका स्तरीय,वडा स्तरीय ,विद्यालय स्तरीय र विभिन्न संघसंस्थाहरु बीच महिला तथा पुरुष फुटबल ,भलिबल लगायत अन्य विविध खेलकुद प्रतियोगिताकाे आयोजना गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पाेख्रेलले जानकारी दिनु भयो ।

यसैबीच खेलकुद प्रतियोगिताको मंगलबरा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुले उद्घाटन गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]