
Pbu
Pes
pku
Rgp
Unsku
Djs
cjs
Sgr
Ggp
Lnp
Srbpu
Gfs
Ses
Rgp1

Rgu
Bbu
Ssm
Vor
Rgu
Tsm
Rgs
Ksm
Wsp
Asm
Hal
nsb
Bbbpu
Rsb
Pvg
Sls
Ggd
Gst
Sbs

Rmb
bbt
Jmb
Syp
Ptm
Pls
Abd
Rpp
Gsb
Mks
Jmb
Bml
sab
दाङ । देउखुरीको गढवा गाउँपालिकाले स्थापना दिवसको अवसर जुराएर मंगलबार देउखुरीका अन्तरपालिका स्तरीय खेलकुद सुरु गरेको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा सुरु भएको खेलकुद कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभाका सदस्य इन्द्रजित चौधरीले गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद चौधरीले स्थानीय सरकारहरुको स्थापनालाई स्मरण गर्दै गर्दा संबिधान प्रदत्त अधिकारको स्थापना र कार्यान्वयनमा तदारुकता साथ जोड दिनुपर्ने बताउनुभयो । खेलको माध्यमबाट नागरिकहरु स्वस्थ हुने र नागरिकहरु स्वस्थ भएमात्र देशको बिकास र समृद्धि हुने उहाँले बताउनुभयो । खेल राष्ट्रको पहिचान भएकोले राष्ट्रनिर्माण र आर्थीक बिकासमा टेवा पुरयाउने र अनुशासन तथा मित्रता कायम गर्ने बलियो माध्यम भएको सांसद चौधरीले बताउनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथी संबिधानसभाका पूर्व सांसद रश्मिराज नेपालीले खेल अनुशासीत, मैत्रीपूर्ण र मर्यादित हुनुपर्ने बताउनु भयो । राष्ट्रिय पहिचान झल्काउने बलियो माध्यम खेल भएको बताउँदै उहाँले खेलाडीहरुमा असल चरित्रको बिकास, दुब्र्यसन मुक्त तथा राष्ट्रप्रेम हुनुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा गढवा तथा राप्ती गाउँपालिकाका जनप्रतिनीधीहरु,गढवा,राजपुर र राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु,राजनितिक दलहरु,संघसंस्ताका प्रतिनिधीहरु,सुरक्षाकर्मि र पत्रकारको उपस्थिति रहेको थियो ।
झण्डै एक सातासम्म संचालन हुने उक्त कार्यक्रममा देउखुरीका चारवटै पालिकाका जनप्रतिनिभिहरु तथा कर्मचारीहरुको बिच रोचक खेलकुद हुने मूल आयोजक समितिका संयोजक तथा गढवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिभगत चौधरीले जानकारी दिनुभयो ।
गढवा गाउँपालिकाका अठवटै वडाहरुबाट फूटवल, क्रिकेट,भलिवल,५ सय मिटर र एकहजार पाँचसय मिटर दौड लगायतका दर्जनौं खेलहरु रहने आयोजक गढवा गाउँपालिकाले जनाएको छ । सो अवसरमा संघसंस्था र जनप्रतिनिधी तथा महिलाहरुका बिचमा समेत रोचक खेलहरु रहने गढवा गाउँपालिकाले बताएको छ ।
पहिलो दिन राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु बिच मैत्रिपूर्ण फूटवल खेल भएको छ । गढवा गाउँपालिकालाई पेनाल्टी २ गोलका बिरुद्ध राप्ती गाउँपालिकाले पेनाल्टी ४ गोल हानेर बिजयी भएको छ ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट आरम्भ भएको खेलकुद कार्यक्रमको सञ्चालन गढवा गाउँपालिकाका शिक्षाशाखा प्रमुख श्याम बिक ले गर्नुभएको थियो ।

