
Ggp
Lnp
Srbpu
Rgp1
Pbu
Unsku
pku
Rgp
Sgr

Bbbpu
Rsb
Ssm
Pvg
Tsm
Wsp
Asm
Rgu
nsb
Gst
Rgs
Bbu
Sls
Ggd
Hal
Rgu
Vor
Ksm
Sbs

Ptm
Bml
Mks
Rmb
Abd
Pls
Rpp
bbt
Syp
Jmb
Gsb
sab
Jmb
दाङ । लमहीको देउपुर निवासी बिकाश थापा रोजगारीका लागि करिब ३ बर्ष खाडि मुलुक बसे ।
सामान्य लेवरमा गएका उनलाई खासै उपलब्धी हुन सकेन । कमाउनुको साटो उल्टै दुख पाएको उनी सुनाउछन । आफ्नै कम्पनीमा सीप सिकेर सँगै गएका साथीहरुले मनग्य कमाउदा उनलाई हिन्ताबोध हुन्थ्यो ।
थापाको मनमा एउटै कुरा उब्जिन्थ्यो आम्दानी गर्न सीप सिक्नुपर्ने रहेछ । सीप नभएर नै खाडीमा दुख पाएको उनी बताउछन । खाडीमा सोचेजस्तो नभई हन्टर खाएर उनी स्वदेश फर्किए । पढाइ मात्र नभएर सिप आजको आबस्यक्ता भन्ने बुझेका थापा केही सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने उनले सोच बोकेका छन ।
घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङले लमहीमा आयोजना गरेको पलम्बिङ तथा हाउस वायरिङ तालिममा उनी सहभागी भएका छन । उनी सीप सिकेर आत्म निर्भर बन्न चाहन्छन । उनिजस्तै ब्याच्लर अध्ययन गरिरहेका लमही-७ बनघुस्री निवासी टेकेन्द्र वलीपनि सीप सिकेर स्वरोजगार बन्न चाहन्छन । पढाईले मात्र स्वोरोजगार बन्न नसक्ने बुझेका उनले सिप आजको आबस्यक्ता रहेको बताए । कतै रोजगारका लागि जाँदा पहिलो प्राथमिक्ता सीप खोज्ने र त्यसको लागि सीप सिक्न आफुपनि सहभागी भएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङले लमहीको वडा नम्बर ७ को कार्यालयमा ढाई महिने तालिमको शुरुवात गरेको हो । ७ नम्बर वडा कार्यालयको समन्वयमा सञ्चालित तालिममा जिल्लाका २५ जना प्रशिक्षार्थी सहभागी छन । कार्यक्रमलाई उद्घाटन गर्दै लमही नगरका प्रबक्ता तथा ७ नम्बर वडाका वडाध्यक्ष मोहन गिरीले सीप सिकेका हरुलाई कामको खोजीको आबस्यक नरहने बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले पुराना सिस्टमबाट पिउने गरेका खानेपानीका योजनाहरु द्रुत गतिमा रहेको र घर निर्माका कामहरु निरन्तर हुने गरेकाले कामको कमि नहुने बताए । समय सापक्ष तालिमको आयोजना गरिदिएर आत्म निर्भर बनाउन तर्फ घरेलु उद्योग लागेको प्रति धन्यबाद ज्ञापन गरे । ‘सीप अनिवार्य छ, नेपालमै स्वरोजगार बन्न यसको भुमिका रहन्छ, बिदेशनै जानपरेपनि सिपले योगदान पुराउछ प्रबक्ता गिरीले भने-आफुसँग भएको सीप कतै जाँदैन, महेनत गरेर सीप आर्जन गर्नुस ।’
सीप परिक्षण समेत हुनेगरि पास हुने परिक्षार्थीलाई सिटिईभिटि मान्यता प्राप्त प्रमाण पत्र दिईने र जसले कामको बाटो खुल्नुका साथै ट्रेनिङ दिनसक्ने हैसियत रहने घरेलु उद्योग दाङका प्रमुख युवराज न्यौपानेले बताए ।
‘घरेलुबाट दिने प्रमाणपत्र त छदैछ, परिक्षण गरि सिटिईभिटीको मान्यता प्राप्त प्रमाण पनि दिईनेछ प्रमुख न्यौपानेले भने-दाङका युवालाई स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको हो, सीप सिकेर आम्दानीसँग जोडिनुस ।’ उनले घरेलु उद्योग दाङले तत्काल ३ वटा तालिम सँचालन गरेको र भेगिए हिसाबले जिल्लामा ३ बजारमा सँचालन गरिने बताए । लमहीको ७ नम्बरमा पलम्बिङ र हाउस वायरिङ, घोराहीमा ब्युटिसियन र तुलसीपुर १४ मा सिलाईकटाईको आयोजना गरिएको प्रमुख न्यौपानेले बताए ।
पलम्बिङ तथा हाउस वायरिङको प्रशिक्षकमा गणेश कुमार भण्डारी रहेका छन । वडासदस्य उर्मिला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सँचालन घरेलु उद्योग दाङका कर्मचारी गोपाल पौडेललले गरेका थिए ।
