
Rgp
Gfs
Ses
Rgp1
Unsku
pku
Djs
Sgr
Srbpu
Ggp
Pbu
cjs
Lnp
Pes

Tsm
nsb
Bbu
Wsp
Ssm
Rgu
Gst
Bbbpu
Rgs
Rsb
Sbs
Rgu
Ksm
Hal
Vor
Asm
Sls
Pvg
Ggd

Rpp
Jmb
Abd
Mks
Bml
Gsb
bbt
sab
Syp
Rmb
Ptm
Jmb
Pls
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको छ ।
नेपालले आफ्नो तेस्रो खेलमा नामिबियालाई तीन रनले पराजित गरेको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एकसय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो ।
त्यस्तै अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गरेपछि नेपालको जित सम्भव भएको थियो । नेपाली टोलीका बलर करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । अर्को एक विकेट अविनाष बोहराले लिएका थिए। नामिबियाका लागि कप्तान जोनाथन स्मितले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । जन फ्राइलिंकले ३७ र कोट्जीले २५ रन जोडे । जेन ग्रिन २३ रनमा अविजित रहे । नामिबियाले अतिरिक्त रुपमा ११ रन पायो ।
पहिले ब्याटिङ गरेको नेपालका लागि भने कुशल मल्लले अर्धशतकीय पाली खेलेका थिए । उनले अविजित ५५ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३७ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए । १९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन्
यस्तै कुशल मल्लाका अतिरिक्त नेपालका लागि आरिफ शेखले पनि ३१ रनको योगदान गरे । गुलसन झाले पनि २६ रन बनाए । ओपनर अनिल साहले २३ रन बटुले । दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन जोडे । प्रतिस जिसी एक रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा पनि आठ रन पायो । नामिबियाका बलर बेन सिकोंगोले तीन विकेट लिए । ज्याक ब्रासेलले पनि दुई विकेट हात पारे । रुबेन ट्रम्पलम्यान, जन निकोल लफ्टी एटन र बेनार्ड स्कोल्जले एक–एक विकेट लिए । जारी शृंखलामा नेपाल र नामिबिया दुबैले आफ्नो तेस्रो खेल खेलेका हुन् ।
त्यस्तै नेपाल यसअघि आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो । नामिबियाले भने तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नामिबिया आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।
यस्तै शृंखलामा तेस्रो टोलीको रुपमा सहभागी नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । त्यसैले नेपालले जारी शृंखलाको फाइनलमा पुग्ने सम्भावना जिवित राख्न शुक्रबारको खेलमा नामिबियालाई हराउनैपर्ने अवस्था थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई अंकसहित नेपाल दोस्रो र दुई अंकसहित नामिबिया तेस्रो स्थानमा छन् ।
प्रतियोगिताको लिग चरणमा तीनवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नुपर्ने हुन्छ । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । जारी शृंखलामा नेपालले आफ्नो अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नेदरल्यान्ड्स र नामिबियाबिच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल भने मंगलबार खेलिने छ । निकट भविष्यमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेलिएको हो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीनवटै राष्ट्र टी–२० विश्वकपमा छनोट भएका छन् ।
नामिबियाको पहिलो विकेट सोमपाल कामीले लिएका थिए । उनले नामिबियाका ओपनर ब्याट्सम्यान मलान क्रुगरलाई तीन रनको ब्यक्तिग स्कोरमा गुलसन झाद्वारा क्याच गराएका थिए । दोस्रो ओभरको तेस्रो बलमा क्रुगर आउट हुँदा नामिबियाले ११ रन बनाएको थियो ।
नामिबियाको दोस्रो विकेट करण केसीले लिएका थिए । उनले नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिङ्गेनलाई १० रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । ५.३ ओभरमा माइकल आउट हुँदा नामिबियाले ३५ रन बनाएको थियो ।
नामिबियाको तेस्रो विकेट सोमपाल कामीले लिएका थिए । उनले नामिबियाका जिन पियर कोट्जीलाई आउट गरेका थिए । सोमपालले कोट्जीलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । सोमपालले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि कोट्जीले २२ बलमा चार चौकाको मद्दतले २५ रन बनाए । ७.२ ओभरमा कोट्जी आउट हुँदा नामिबियाले ५० रन बनाएको थियो ।
नामिबियाको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले नामिबियाका कप्तान जोहानेश जोनाथन स्मितलाई अनिल साहद्वारा क्याच गराएका थिए । कप्तान स्मित अर्धशतक बनाउँदै आउट भएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २६ बलको सामना गरी दुई छक्का र ६ चौका प्रहार गरेका थिए । १५.१ ओभरमा स्मित आउट हुँदा नामिबियाले एक सय ३३ रन बनाएको थियो ।
नामिबियाको पाँचौँ विकेट पनि दीपेन्द्रले नै लिएका थिए । उनले नामिबियाका जन निकोल लफ्टी एटनलाई सन्दीप जारोद्वारा क्याच गराएका थिए । एटनले खातासम्म खोल्न पाएनन् । १५.२ ओभरमा उनी आउट हुँदा नामिबियाले एक सय ३३ रन बनाएको थियो । नामिबियाको छैटौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले मैदानमा जमिसकेका नामिबियाका ब्याट्सम्यान जन फ्राइलिंकलाई बोल्ड गरेका थिए । फ्राइलिंकले पेभेलियन फर्किनुअघि २९ बलमा दुई छक्का र एक चौकाको मद्दतले ३७ रन बनाएका थिए । १६.१ ओभरमा उनी आउट हुँदा नामिबियाले एक सय ३५ रन बनाएको थियो ।
नामिबियाको सातौँ विकेट करण केसीले लिएका थिए । उनले नामिबियाका ब्याट्सम्यान रुबेन ट्रम्पलम्यानलाई सन्दीप जोराद्वारा क्याच गराएका थिए । ट्रम्पलम्यान १२ बलमा एक छक्काको मद्दतले १४ रन बनाउँदै आउट भएका थिए । अन्तिम ओभरमा पाँचौँ बलमा उनी आउट हुँदा नामिबियाले एक सय ७३ रन बनाएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी दुई बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । आसिफलाई नामिबियाका बलर बेन सिकोंगोले बोल्ड गरेका थिए । दोस्रो ओभरको पहिलो बलमा आसिफ आउट हुँदा नेपालले केवल पाँच रन बनाएको थियो ।
नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी नौ बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले कप्तान जोहोनेश जोनाथन स्मितद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा रोहित आउट हुँदा नेपालले ३० रन बनाएको थियो । नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल साहलाई गुमाएको थियो । उनी १७ बलमा तीन चौकाको मद्दतले २३ रन बनाउँदै आउट भएका थिए । अनिललाई नामिबियाका बलर जन निकोल लफ्टी एटनले विकेटकिपर जेन ग्रिनद्वारा क्याच गराएका थिए । सातौँ ओभरमा अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५८ रन बनाएको थियो ।
नेपालले चौथो विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका गुलसन १६ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका थिए । ७.२ ओभरमा उनी आउट हुँदा नेपालले ६४ रन बनाएको थियो । नेपालले पाँचौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेख ३१ रन बनाउँदै आउट भएका थिए । उनले २४ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले जन फ्राइलिंकद्वारा क्याच गराएका थिए । १६.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४९ रन बनाएको थियो ।
नेपालले छैटौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । दीपेन्द्र आठ बलमा दुई चौकाको मद्दतले १६ रन बनाउँदै आउट भएका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनलाई बेन सिकोंगोले एलबीडब्लूको धरापमा पारेका थिए । १८.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६७ रन बनाएको थियो । नेपालले सातौँ विकेटका रुपमा करण केसीलाई गुमाएको थियो । उनी तीन बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई सिकोंगोले एटनद्वारा क्याच क्याच गराएका थिए । १९औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय ७५ रन बनाएको थियो ।
त्यस्तै नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी तीन बलमा दुई रन बनाउँदै आउट भएका थिए । उनलाई नामिबियाका बलर ट्रम्पलम्यानले सिकोंगोद्वारा क्याच गराएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७८ रन बनाएको थियो ।रातोपाटी
