
Sgr
Lnp
Rgp
pku
Rgp1
Srbpu
Pbu
Ggp
Unsku

Hal
Gst
Pvg
Rgs
Asm
Rsb
Tsm
Ssm
Ksm
Bbu
Sbs
Sls
Rgu
Vor
Ggd
Wsp
Rgu
Bbbpu
nsb

sab
Pls
Jmb
Rpp
Mks
Ptm
bbt
Jmb
Gsb
Syp
Bml
Abd
Rmb
नुवाकोट । नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोटकाे आयाेजनामा ४२ औं मगर स्थापना दिवस २०८० फागुन १५ को अबसरमा विदुर नगरपालिका पिपलटार वडा नम्बर ५ का विश्वराज जर्गा मगरकाे पूजनिय पिता स्व. गाेबिन्द बहादुर जर्गा मगरकाे बार्षिक पितृ श्राद्दका दिन नेपाल मगर वाैद्द सेवा समाज वाप्पा वाग्मती प्रदेश सचिव प्रशिक्षक तथा गुरु दुर्गा बहादुर ज्ञाङमि मगर बाट श्राद्द प्रारम्भ भएको छ ।
आफ्नाे भाषा, सस्कृति र पहिचानकाे क्षेत्रमा लागि परिरहेकाे नेपाल मगरसंघ नुवाकोटले वाप्पाबाट आफ्नाे परम्परा अनुसार कर्मकाण्ड गर्ने उदेश्यका साथ नेपाल मगर वाैद्द सेवा समाज जिल्ला समिति नुवाकोट गठन गरेकाे जानकारि नुवाकोट अध्यक्ष बचुमाया सुनारि मगरले जानकारी दिनु भएको छ ।
जस्मा:संयाेजक: रामकुमार थापा मगर
उपाध्यक्ष: अनिल थापा मगर
सचिव: बिकास पुलामि मगर
सदस्य: विश्वराज जर्गा मगर
सदस्य: नारायण बहादुर थापा मगर
सदस्य: भरत पुलामि मगर
सदस्य: पार्वती थापा मगर
सदस्य: शुभाकर थापा मगर
सदस्य: हरिशंकर थापा मगर
नुवाकोटमा पहिलाे पटक सुरु गरिएको आफ्नाे परम्परा अनुसारकाे कर्मकाण्डले अब नुवाकोटका मगर समुदायले यसलाई जिल्लाभरका मगरहरुलाई प्रशिक्षित गराई कार्यान्वयनमा लानुपर्ने भनाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय समिति सदस्य तथा नेपाल आदिवासि जनवाति महासंघ नुवाकोट अध्यक्ष भगवान राना मगरले मन्तब्यका क्रममा जानकारी दिनुभयाे ।
त्यस्तै कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सदस्य राजकुमार थापा मगर, वागमती प्रदेश मुख्य सचिव रामकृष्ण थापा मगर/महिला सचिव सर्मिला थापा मगर/सदस्य कान्छि राना मगर, नेपाल मगर वाैद्द सेवा समाज वाप्पा वाग्मती प्रदेश अध्यक्ष राजु दर्लामि मगर, नेपाल मगर संघ रसुवा अध्यक्ष विक्रम थापा मगर, नेपाल मगर महिला संघ नुवाकोट अध्यक्ष पार्वती थापा मगर र नेपाल मगर संघ नुवाकोटको लिखु गाउँपालिका बाट बिकास दर्लामि मगर र अनिल थापा मगरकाे उपस्थिति रहेकाे थियाे ।

