शर्मिला थापा मगर/नुवाकोट मंगलबार, फाल्गुण १५, २०८०

नुवाकोट । नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोटकाे आयाेजनामा ४२ औं मगर स्थापना दिवस २०८० फागुन १५ को अबसरमा विदुर नगरपालिका पिपलटार वडा नम्बर ५ का विश्वराज जर्गा मगरकाे  पूजनिय पिता स्व. गाेबिन्द बहादुर जर्गा मगरकाे बार्षिक पितृ श्राद्दका दिन नेपाल मगर वाैद्द सेवा समाज वाप्पा वाग्मती प्रदेश सचिव प्रशिक्षक तथा गुरु दुर्गा बहादुर ज्ञाङमि मगर बाट श्राद्द प्रारम्भ भएको छ ।

आफ्नाे भाषा, सस्कृति र पहिचानकाे क्षेत्रमा लागि परिरहेकाे नेपाल मगरसंघ नुवाकोटले वाप्पाबाट आफ्नाे परम्परा अनुसार कर्मकाण्ड गर्ने उदेश्यका साथ नेपाल मगर वाैद्द सेवा समाज जिल्ला समिति नुवाकोट गठन गरेकाे जानकारि नुवाकोट अध्यक्ष बचुमाया सुनारि मगरले जानकारी दिनु भएको छ ।

जस्मा:संयाेजक: रामकुमार थापा मगर
उपाध्यक्ष: अनिल थापा मगर
सचिव: बिकास पुलामि मगर
सदस्य: विश्वराज जर्गा मगर
सदस्य: नारायण बहादुर थापा मगर
सदस्य: भरत पुलामि मगर
सदस्य: पार्वती थापा मगर
सदस्य: शुभाकर थापा मगर
सदस्य: हरिशंकर थापा मगर

नुवाकोटमा पहिलाे पटक सुरु गरिएको आफ्नाे परम्परा अनुसारकाे कर्मकाण्डले अब नुवाकोटका मगर समुदायले यसलाई जिल्लाभरका मगरहरुलाई प्रशिक्षित गराई कार्यान्वयनमा लानुपर्ने भनाई  कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय समिति सदस्य तथा नेपाल आदिवासि जनवाति महासंघ नुवाकोट अध्यक्ष भगवान राना मगरले मन्तब्यका क्रममा जानकारी दिनुभयाे ।

त्यस्तै कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सदस्य राजकुमार थापा मगर, वागमती प्रदेश मुख्य सचिव रामकृष्ण थापा मगर/महिला सचिव सर्मिला थापा मगर/सदस्य  कान्छि राना मगर, नेपाल मगर वाैद्द सेवा समाज वाप्पा वाग्मती प्रदेश अध्यक्ष राजु दर्लामि मगर, नेपाल मगर संघ रसुवा अध्यक्ष विक्रम थापा मगर, नेपाल मगर महिला संघ नुवाकोट अध्यक्ष पार्वती थापा मगर  र नेपाल मगर संघ नुवाकोटको लिखु गाउँपालिका बाट बिकास दर्लामि मगर र अनिल थापा मगरकाे उपस्थिति रहेकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]