
Rgp
Ggp
cjs
Gfs
Srbpu
Pes
Pbu
Ses
Sgr
Djs
Lnp
Unsku
pku
Rgp1

Ggd
Rsb
Ksm
Tsm
Vor
Rgu
Bbu
Pvg
Bbbpu
Wsp
nsb
Rgs
Sls
Hal
Gst
Rgu
Sbs
Asm
Ssm

Syp
Abd
Pls
Jmb
Ptm
bbt
Gsb
Bml
Jmb
Mks
Rmb
Rpp
sab
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ ।
खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले कप्तानी गर्नेछन् ।
नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ । लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ ।
त्यस्तै कुशल भुर्तेल, अनिल शाह, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी टी-२० का प्रमुख ब्याटर हुन् । यी चार खेलाडी प्रदर्शनमा टोलीको योगफल निर्धारण हुनेछ । ओपनर कुशलबाट नेपाल आक्रामक सुरुवात चाहन्छ । कुशलले २९ टी-२० आईमा एक शतक र ७ अर्धशतकसहित ९१५ रन बनाएका छन् । उता कुशल मल्ल विष्फोटक ब्याटर हुन् । उनी चलेको खण्डमा नेपालले एकै ओभरमा खेललाई मोड्न सक्छ । अनिल राम्रो लयमा देखिंदै टोलीमा पुनरागमन गरेका छन् ।
यस्तै दीपेन्द्र प्रमुख अलराउन्डर हुन् । पछिल्लो समय ग्लोबल टी-२० क्यानडा र इन्टरनेशनल लिग टी-२० यूएईको अनुभव बटुलेका छन् । नेपाली क्रिकेटका टाइगर भनिने उनी फिनिसरको रुपमा हुनेछन् । ५३ टी-२० आई खेलमा दीपेन्द्रले १३४४ रन बनाएका छन् । २५ विकेट पनि लिएका छन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उनको योगदान महत्वपूर्ण हुनेछ । बलिङमा भने नेपालले ध्यान दिनुपर्ने हुन्छ । सोमपाल कामी र करण केसी खेल्नेछन् । यी दुवै राम्रो ब्याटिङ गर्दछन् । अर्का तीव्र गतिका बलर गुलशन झा भने टोलीको रणनीतिमा भर पर्नेछन् ।
त्यस्तै नेपालले डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरालाई खेलाउन सक्छ । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध अभिनाशले एकै ओभरमा २१ रन खर्चेका थिए ।
डेढ महिनाअघि प्रधानमन्त्री कप खेल्ने समयमा मधेशविरुद्ध खेल्दा हातको नाँडीमा चोट लागेपछि शल्यक्रिया गरेका अभिनाशको मैदानमा पुनरागमन गर्ने सम्भावना छ । पूर्ण फिट नभएको अवस्थामा भने विश्रााम गर्न सक्छन् । चौथो तीव्र गतिको बलिङ अलराउन्डरमा विवेक यादव हुनेछन् । गुलशनलाई खेलाउँदा पाँच तीव्र गतिका बलर टोलीमा खेल्नेछन् । ललित राजवंशी प्रमुख स्पिनर हुनेछन् । दीपेन्द्र र कुशल मल्ल पार्टटाइम स्पिनर हुनेछन् । डेथ ओभर बलिङ नेपालको समस्याको रुपमा रहँदै आएको छ ।
उता नामिबियाको टोली पनि मजबुत छ । डेभिन निकोलस, कप्तान जेराल्ड इरास्मस र जेजे स्मिथ प्रमुख हतियार हुन् । डेभिनले गत नोभेम्बरमा जिम्बावेलाई हराउन ८९ रनको इनिङ खेलेका थिए ।
त्यसअघि जिम्बावेसँगको टी-२० आई सिरिजमा ८० र ६० रनको इनिङ लगातार खेलेका थिए । उनी आक्रामक इनिङको लागि चिनिन्छन् । जेजे र इरास्मस दुबै अलराउन्डर हुन् । राम्रो लयमा पनि छन् । तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान पनि घातक बन्नसक्ने खेलाडी हुन् । जान फ्रेलिंक र जान निकोल लोफ्टी पनि राम्रो अलराउन्डर मानिन्छन् ।
यस्तै नेपाल र नामिबियाबीच पहिलो पटक टी-२० आई खेल हुँदैछ । त्रिकोणात्मक सिरिज नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच हुनेछ ।
