
Lnp
Ggp
Sgr
Rgp1
Rgp
pku
Pbu
Srbpu
Unsku

Gst
Rgs
Wsp
Rsb
Hal
Vor
Ggd
Sbs
Ssm
Bbbpu
Asm
Tsm
Ksm
Bbu
Rgu
Rgu
nsb
Sls
Pvg

Rmb
Abd
bbt
Pls
Syp
Jmb
Gsb
sab
Jmb
Ptm
Rpp
Bml
Mks
काठमाडौँ । लोक गायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ ।
आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।
त्यस्तै आफूलाई पटकपटक करणीको प्रयास गरिएको र महिलाकै कोठामासमेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । पीडित महिलाले मुलुकी अपराध संहिताको दफा २१९, दफा २२३ र दफा २२४ को कसुरमा कारबाहीका लागि फिराद दर्ता गराएकी काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताउनु भयो ।
यस्तै मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणीसम्बनधी कसुर उल्लेख छ भने दफा २२३ मा कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने सम्बनधी कसुरबारे उल्लेख छ । त्यस्ता व्यक्तिलाई करणी गरेमा ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख रहेको छ । त्यसैगरी संहिताको दफा २२४ मा यौन दुर्व्यवहार गर्न नहुने सम्बन्धी कसुर उल्लेख छ । यदि कसैले कसैलाई यौन दुर्व्यवहार गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । पीडित महिलाले ऐनका यी दफाहरुमा टेकेर आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको उल्लेख गरी सजाय गरी क्षतिपूर्ति समेत दिलाई पाउन माग गरेकी छिन् ।
त्यस्तै मुद्दा दायर हुँदा यौन दुर्व्यवहारको कसुर भनी उल्लेख गरेको भएपनि फिराद पत्रमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा रहेको जबरजस्ती करणीको कसुर, दफा २२३ मा रहेको कार्यालय वा पेसागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने कसुर र दफा २२४ को यौन दुर्व्यवहार गर्न नहुने कसुर मातहत रही कारबाही र क्षतिपूर्तिको माग गरिएको छ ।
