
Asbus
Msbus
Ggp
Ggp
Sdc
Rgp
Ksbus
Ksbus
Lnp


कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालित “नेपाल भारत साहित्य महोत्सव”(२०८०) मा “कादम्बिनी” संयुक्त चारु सङ्ग्रह लोकार्पण गरिएको छ।
नेपालको पूर्वदेखि पश्चिम सम्मका जम्मा ५७ जना चारुकार हरुको संयुक्त लेखन तथा नेपाली साहित्यकार विश्व सञ्जालको प्रकाशनमा यो कृति प्रकाशित भएको हो । पश्चिम डढेलधुरा, रुकुम पूर्व,रूकुम पश्चिम, कैलाली, बाँके, दाङ, गुल्मी, अर्घाखाँची, बागलुङ, पोखरा,लमजुङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, चितवन, भोजपुर, काठमाडौं, नुवाकोट, भक्तपुर, सिन्धुपाल्चोक,विराटनगर, इलाम,पाँचथर , बिरगंज, उदयपुर, सर्लाही, धनकुटा, झापा,मकवानपुर, गुहाटी भारत लगायतका जिल्ला तथा ठाउँका साहित्यकारहरुको सक्रियतामा यो कृति बाहिर आएको हो ।
त्यस्तै उक्त कार्यक्रममा लमही दाङकि चारुकार “चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश उपाध्यक्ष” सम्झना शर्मालाई “अन्तर्राष्ट्रिय नेपाल भारत साहित्य रत्न अवार्ड” (२०८०)द्वारा विभूषित गरिएको छ।

