
Ggp
pku
Rgp
Rgp1
Srbpu
Sgr
Lnp
Pbu
Unsku

Wsp
Pvg
Bbu
Vor
Gst
Ksm
Rgu
Rgs
Sls
Rgu
nsb
Bbbpu
Asm
Ggd
Ssm
Hal
Tsm
Rsb
Sbs

Jmb
Gsb
Ptm
Rmb
Mks
bbt
Bml
Jmb
Pls
Abd
Rpp
Syp
sab
दाङ । गोर्खा सिड कम्पनी र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै सुपरजोन लमहीको संयुक्त साझेदारीमा गढवा–६ र ७ मा यान्त्रीकरण बिधिबाट बसन्ते हाइब्रीड मकै उत्पादनका लागि जातिय प्रदर्शनी गरिएको छ ।
गढवा–६ बुद्धज्योतिरोडका किसान रामकुमार यादव र गिता यादवको १५ कठ्ठा खेतमा बिहिवार मकै उत्पादनको जातिय प्रदर्शनीका लागि ५ प्रकारका मकै रोपिएको हो ।
त्यस्तै हरेक बिऊ बिजन उत्पादनमा बिदेशकै परनिर्भर बन्नु पर्ने हालसम्मको परिस्थितिलाई अन्त्य गर्न र नेपालमै उत्पादित बिऊको उत्पादन परिक्षण र सफलता हाँसिल गर्न नेपाल सरकारका निकायहरुबाट यो अभियान संचालन गरिएको गोर्खा सिड कम्पनीका बिऊ उत्पादन अधिकृत सागर खनालले बताउनुभयो । यो अभियानलाई देउखुरीका बिभिन्न स्थानहरुमा परिक्षण गर्दै गरेको उहाँले बताउनुभयो । मसिनको प्रयोगबाट मकै रोप्दा बिऊको खर्च कम लाग्ने र उत्पादन पनि बढ्ने तर हाते हलोको प्रयोग गरि मकै रोप्दा बाक्लो हुने, नफल्ने र बिऊ पनि धेरै खर्च हुने भएकोले स्वदेशकै जातको बिऊ प्रबर्धन गर्न यान्त्रिक बिधिबाट परिक्षण गर्न थालिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण मकै सुपरजोन लमहीका कृषि प्राबिधिक मोहन बुढाथोकीले बताउनुभयो । हाईब्रीड मकै उत्पादनको जातिय प्रदर्शन अन्तरगत यादवको १५ कठ्ठा खेतमा लगाइएको भारतको बिऊ र नेपालको बिऊको उत्पादन परिक्षण गर्ने योजना अनुसार जातिय प्रदर्शनी गरिएको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना मकै सुपरजोन कार्यालयले बताएको छ । नेपाली प्रजातिको बिऊबाट मकै राम्रो उत्पादन भएमा मकैको बिऊकालागि भारतको परनिर्भरता अन्त्य गर्न सकिने सरकारको योजना रहेको कार्यक्रममा बतायएको हो ।
यान्त्रिकरण बिधिबाट मकै रोप्ने प्रदर्शनी अन्तर्गत नेपाली प्रजातिका ४ र भारतिय प्रजातिको १ गरि ५ प्रजातिका मकै रोपिएको छ । जस अनुसार भारतीय प्रजातिको बिऊ जे.के.हाईब्रिड ५०२ र नेपाली प्रजातिका हाईब्रीड बिऊहरु रामपुर–१०, रामपुर– १२, रामपुर–१६ र गोर्खा पाईपलाईन गरि ४ प्रजातिका मकैका बिऊहरु रोपिएको गोर्खा सिड कम्पनीका बिऊ उत्पादन अधिकृत सागर खनालले जानकारी दिनुभयो । यसैगरी बिहिवार नै जातिय प्रदर्शनी अन्तर्गत गढवा गाउँपालिका वडा नं. ७ का किसान राहुलदेव चौधरीको ३० कठ्ठा बारिमा पनि नेपाली प्रजातिको मकैको बिऊ रोपिएको छ ।

