
Pbu
Rgp
pku
Sgr
Rgp1
Unsku
Srbpu
Ggp
Lnp

Pvg
Bbu
Sbs
Ggd
Tsm
Asm
Gst
Vor
Rgu
Sls
Rgs
Wsp
Rgu
Bbbpu
Hal
Rsb
nsb
Ssm
Ksm

Ptm
Mks
Rpp
Syp
Jmb
Gsb
Bml
bbt
sab
Abd
Rmb
Jmb
Pls
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सीप युक्त भएर आर्थिक आय आर्जनमा सबै जोडिनु पर्ने कुरामा जोड दिनु भयो । बेरोजगार भएर बस्न कसैलाई नपरोस भन्ने हाम्रो चाहाना हो तर हामीले चाहेको र सोचेको लक्ष्य प्राप्त गर्न सकेका छैनौ”- नगर प्रमुख चौधरीले भन्नू भयो ।
त्यस्तै नगरपालिकाबाट संचालित हुने सबै कार्यक्रमको अध्ययन अनुगमन हुनु नितान्त जरुरी रहेको नगर प्रमुख चौधरीको भनाई छ । राज्यले एकोहोरो बजेट मात्र खन्याएर उपलब्धि हुँदैन, लगानी गरेको मुनाफा दिन सक्नु पर्छ”- नगर प्रमुख चौधरीले भन्नू भयो ।
गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम कार्यान्वयनको अवस्था र चुनौती विषयमा अन्तरक्रियात्मक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले यस्तो बताउनु भएको हो ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले तालिम दिनु मात्र ठुलो कुरा होइन तालिम बाट सीप सिकेर उत्पादन गरेका सामाग्रीलाई बजारीकरण गर्नु नै मुख्य चुनौती रहेको बताउनु भयो। महिला उद्दमीहरुले उत्पादन गरेका सामाग्रीलाई स्थानीय सरकारले बजारीकरणको जिम्मेवारी लिनु पर्दछ’- उहाँले भन्नु भयो ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तथ्यांक अधिकृत शिवलाल शर्माले नगरपालिकाको आवश्यकताको आधारमा मन्त्रालय बाट बजेटको सहयोग गर्न सकिने बताउनु भयो । नगरपालिकामा के कस्ता योजनाको अपेक्षा छ त्यो अध्ययनगरी मन्त्रालयमा पठाउन अनुरोध गर्नु भएको छ ।
त्यस्तै लमही नगरपालिका-३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले आफ्नो भनाई राख्नु भएको थियो । देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल, चेम्बर अफ कमर्शका महासचिव केशवराज अधिकारी, चेम्बर अफ कमर्स लमही, सहकारीका तर्फबाट योगमाया शाही, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले सहजीकरण गर्नु भएको थियो ।
