
Pbu
Unsku
Lnp
pku
Ggp
Sgr
Rgp
Rgp1
Srbpu

Asm
Rgs
Pvg
Wsp
Bbu
nsb
Sls
Bbbpu
Sbs
Rgu
Ggd
Ksm
Rsb
Ssm
Hal
Tsm
Vor
Gst
Rgu

Mks
Abd
Pls
Rmb
Syp
Jmb
Bml
Rpp
bbt
Jmb
Ptm
sab
Gsb
रामेछाप । रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ ।
रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले जानकारी दिनु भयो ।
त्यस्तै रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।
पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको हो । सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य रहेको छ ।
