
Rgp
Pbu
Sgr
Unsku
Ggp
Lnp
Srbpu
pku
Rgp1

Pvg
Rgu
Rgu
Ssm
Bbbpu
nsb
Hal
Bbu
Wsp
Rgs
Tsm
Vor
Sls
Ggd
Rsb
Gst
Sbs
Ksm
Asm

sab
Rpp
Bml
Rmb
Gsb
Ptm
bbt
Syp
Pls
Abd
Mks
Jmb
Jmb
दाङ । पछिल्लो चरणमा देशब्यापी रुपमा लघुबित्त संस्थाहरु प्रति फैलिएको अफवाह र यसबाट उत्पन्न नागरिक बितिष्णालाई स्पष्ट पार्दै अबिश्वास हटाउने उद्देश्य अनुरुप शुक्रवार देउखुरीको गढवामा एन आई सि एशिया लघुवित्त बित्तिय संस्थाले बित्तिय साक्षरता कार्यशाला गोष्ठि आयोजना गरेको छ ।
संस्थाको उप–प्रदेश कार्यालय सिसहनिया र गढवा शाखाको आयोजनामा समूह प्रमूखहरु बिच अन्तरक्रियात्मक गोष्ठि तथा बित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको संस्थाका लुम्बिनी प्रदेश उप–प्रमुख सुनिल पण्डितले जानकारी दिनुभयो । संस्थाका गढवा शाखा प्रमुख अजय ताम्राकारको अध्यक्षतामा सुरु गरिएको कार्यशाला गोष्ठिको उद्घाटन प्रदेश उपप्रमुख सुनिल पण्डितले गर्नुभएको हो ।
नेपाल सरकारको राष्ट्रबैंकबाट घ बर्गको मान्यता स्विकृति प्राप्तगरि संचालन भएका बित्तीय कारोबार गर्ने लघुबित्त संस्थाहरुप्रति नकारात्मक अफवाह फैलाउने कार्यलाई दुरुत्साहित गर्न र कर्जा लिएपछि समयमा भुक्तानी गर्नुपर्छ भन्ने मान्यता अनुरुप लघुबित्तमा आवद्ध समूह सदस्यहरु तथा नेतृत्व तहलाई स्पष्ट पार्न यस्तो कार्यक्रमको गढवामा पहिलो पटक आयोजना गरिएको संस्थाका प्रदेश उपप्रमुख पण्डितले जानकारी गराउनु भएको हो ।
गाउँघरका महिलाहरु लघुवित्त संस्थाहरुबाट ऋण लिन हतार गर्ने, धेरै भन्दा धेरै कर्जा माग गर्ने र कहाँ ल्याप्चे लगाउने भन्ने कुरामा बढीचाँसो राख्ने तर लघुबित्तका नियम कानून, किस्ता भुक्तानीको प्रकृया,ब्याज र किस्ताको दर, बिमा सम्बन्धि सेवा सुविधा आदिबारे चाँसो नराख्ने तथा निश्चित उद्देश्यकालागि लिएको कर्जा अन्यत्रै प्रयोग गर्ने परम्पराले पछिल्लो चरणमा कर्जा भुक्तानीमा जटिलता उत्पन्न भैरहेको पण्डितले कार्यक्रमका सहभागिहरुलाई बताउनुभयो ।
कार्यक्रममा लघुबित्त बित्तिय संस्थाहरुको नियम, कानून र प्राबधानहरुका बारेमा पनि स्पष्ट जानकारी गराइएको थियो । प्रकृया र सिष्टमको अनविज्ञता र उद्देश्य अनुरुप लगानी नगर्दा कर्जा असुलीमा चुनौति रहेको उहाँले बताउनुभयो । ऋण लिएपछि तिर्नुपर्छ र नियमित किस्ता ब्याज पनि भुक्तानी गर्नूपर्छ भन्ने मानसिकता नराख्ने कारणले पनि जटीलता निम्त्याई रहेको उहाँले कार्यक्रममा बताउनुभयो ।
एनआईसि एशिया लघुबित्त बित्तीय संस्थाका नेपालका सात प्रदेश र ७४ जिल्लामा कूल २८७ शाखाहरु संचालनमा रहेको र दाङ जिल्लामा घोराही,तुलसीपुर,लमही,सिसहनीया, गढवा, भालुवाङ,नारायणपुर र राजपुरमा शाखाहरु रहेको कार्यक्रममा जानकारी गराइएको हो । नेपाल अधिराज्यका २८७ शाखाहरु मध्ये दाङको गढवामा रहेको १८ औं शाखा रहेको र कूल एक सय सैतिस समूहहरुका एक हजार तिनसय त्रिचालीस सदस्यहरु आवद्ध रहेको शाखा प्रमुख अजय ताम्राकारले जानकारी दिनुभयो ।
त्यस्तै यस शाखा अन्तर्गत ५५० ऋणीहरु रहेको र गढवामा कूल चौधकरोड ५० लाख बराबरको बित्तीय लगानी रहेको उहाँले बताउनुभयो । समूह जमानत सहित बिना धितो ३ देखि ५ लाखसम्म र धितो राखेर ७ लाखसम्म कर्जा प्रबाह गरिदै आएको शाखाप्रमुख ताम्राकारले जानकारी दिनुभयो ।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, ईलाका प्रहरी कार्यालय गढवाका खगेन्द्रनाथ योगी, पत्रकारहरु शिबराज पन्थी, दुखहरण यादव लगायतले मन्तब्य राख्नुभएको थियो । यसैबिच सो कार्यशालामा उत्कृष्ट समूह केन्द्र नम्बर ९० शान्तीपुर र केन्द्र नम्बर ८० मदपुरलाई सम्मान गरिएको छ भने उत्कृष्ट ऋणी बसन्ती रावत र उत्कृष्ट बचतकर्ताको रुपमा प्रभावती बानीयालाई सम्मान गरिएको थियो । कार्यशालाको सहजीकरण लमही शाखाका प्रमुख रुपध्वज खड्काले गर्नुभएको थियो ।

