
Unsku
Pbu
Srbpu
Sgr
Rgp1
pku
Lnp
Ggp
Rgp

Pvg
Ssm
Ksm
Ggd
Vor
Bbbpu
Sls
Rgu
Rsb
Sbs
Rgu
Gst
Rgs
Wsp
Tsm
Asm
nsb
Hal
Bbu

Gsb
Ptm
Bml
Rpp
Pls
Jmb
Rmb
sab
Syp
Mks
Jmb
Abd
bbt
दाङ । देउखुरीको लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसीले जेष्ठ नागरिकहरुको सम्मान गर्न पाउनु नै सौभाग्य भएको बताउनु भयो । इतिहास बोकेका यस्ता जेष्ठ नागरिकलाई सम्मान गर्ने सबैलाई नमिल्ने पनि उहाँले बताउनु भयो ।
बिहिबार वडा नम्बर ९ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष केसीले जेष्ठ नागरिकहरु समाज निर्माणको बलियो खम्बा भएको उल्लेख गर्दै उहाँहरुलाई समाजमा सम्मानित भएर बाँच्न पाउने वातावरण गराउनु पर्ने धारणा राख्नु भयो ।
पछिल्लो समयमा हाम्रा गाउँ घरमा मादक पदार्थ सेवन गरेर बुढापाका बुवा-आमाहरुलाई आफ्ना सन्तानले दु:ख दिने गरेका प्रशस्तै उदाहरण छन्र कतिपय गुनासाहरु वडा कार्यालय तथा नगरपालिकाको न्यायिक समितिमा पुग्ने गरेका छन्, तिनी समस्यालाई सधैका लागि सबैले हटाउनु पर्छ’- अध्यक्ष केसीले भन्नु भयो ।
आर्थिक वर्ष २०७०/८० मा विनियोजित वजेटबाट वडा नम्बर ९ का २ सय ८२ जना जेष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएका ब्यक्तिहरुलाई ब्ल्यान्केट वितरण गरिएको छ । सो क्रममा वडा सदस्यहरु इश्वरा पछाई, पार्वती विश्वकर्मा, अमर बहादुर वली, गणेश बहादुर कुमाल लगायतको उपस्थिति रहेको थियो ।
