
Lnp
Unsku
Pbu
Rgp1
Ggp
Sgr
pku
Rgp
Srbpu

Vor
Ggd
Rgs
Hal
Asm
Rgu
Pvg
Gst
Rgu
Ssm
Tsm
Sbs
Rsb
Bbbpu
Ksm
Wsp
nsb
Bbu
Sls

Bml
Syp
Ptm
Pls
bbt
Jmb
Abd
Mks
Rpp
Rmb
Gsb
sab
Jmb
दाङ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गोपाल श्रेष्ठको सरूवा भएको छ ।
श्रेष्ठको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्दवासिनी बाहिनी मुख्यालय चन्द्राैटा कपिलवस्तुमा सरूवा भएको हो । २०७९ माघ १६ गते देखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठको १३ महिना पछि सरूवा भएको हो । श्रेष्ठ सरूवा भएपछि नयाँ कार्यालय प्रमुखको रूपमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौंबाट सशस्त्र प्रहरी उपरिक्षक रमेश थापा आउन लागेका छन् ।
यसैबीच सरूवा भएर जान लागेका श्रेष्ठलाई बिहीबार राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले भालुवाङमा एक औपचारिक कार्यक्रमको आयोजना गरि फेरि भेटाैला कार्यक्रम अन्तरगत विदाई गरेको छ । संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा विदाई भएर जान लागेका सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले आफ्नो कार्यकालमा शान्ति सुरक्षा, विपदका घटनामा राहत तथा उद्वार, सिमा सुरक्षा, चोरी पैठारी लगायतका क्षेत्रमा उल्लेख काम गरेको स्मरण गराएका थिए ।
त्यस्तै उनले १ वर्षे कार्यकालको अवधीमा करिव १ करोड बराबरको राजश्व संकलन गर्न सफल भएको बताएका थिए । उनले आफू सरूवा नभई निर्देशन गर्ने थलोमा जान लागेकोले लुम्बिनी प्रदेशको जुनसुकै ठाउँमा कुनै समस्या परेमा जानकारी दिन पनि आग्रह गरेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष अशोक बेल्बासे, महासचिव लोकमणी भुसाल, सचिव थमन राना, कोषाध्यक्ष अस्मिता अधिकारी, सदस्य लक्ष्मी पोख्रेल र प्रेस संयोजक ओमप्रकाश गुप्ताको सहभागिता रहेको थियो ।
