Sidha Patra बिहिबार, फाल्गुण ०३, २०८०

दाङ । दाङमा डिउटी गरिरहेकी महिला प्रहरीलाई आफ्नै श्रीमानद्वारा गोली हानी हत्या गरिएकाे छ ।

वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाले घाेराहीकाे दामाेदर चाेकमा डिउटी गरिरहेको समयमा आफ्नै श्रीमान यमबहादुर झाक्रीले एक्कासी गाेली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डिएसपी) जनक मल्लले जानकारी दिनु भयो ।

घटना बिहीबार आज बेलुका करिब साढे ७ बजे भएकाे हाे । श्रीमतीलाई गाेली हानेर भाग्दै गरेका झाक्रीलाई वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमान्ड र प्रहरी नायव निरीक्षक (सई) रकम बहादुर खड्का सहितको टोलीले लमही नगरपालिका वडा नम्बर ६ अर्जुन खोलादेखि साढे ९ बजेतिर नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएको छ ।

झाक्री तालिम केन्द्र नेपालगन्जमा कार्यरत रहेको बताइएको छ । झाक्रीले १४ राउन्ड गोली भर्ने बेरेता पेस्तोल बोकेर दाङमा आएको र एक्कासी डिउटीमा खटेकी आफ्नो श्रीमतीलाई ३ राउन्ड गोली हानी हत्या गरेर घोराहीदेखि टु ट्वान्टी मोटरसाइकलमा भाग्दै गरेको समयमा वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै झाक्रीसंग पेस्तोल र ७ राउन्ड गोली सहित बरामद गरि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ भने घटना बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]