
pku
Sgr
Unsku
Rgp1
Ggp
Rgp
Pbu
Srbpu
Lnp

Wsp
nsb
Vor
Sbs
Asm
Pvg
Ggd
Tsm
Sls
Rgu
Rgu
Hal
Bbbpu
Ksm
Gst
Rgs
Ssm
Bbu
Rsb

Syp
Gsb
sab
Rpp
Mks
Rmb
Jmb
bbt
Pls
Jmb
Ptm
Bml
Abd
काठमाडौं । मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।
वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले उनलाई पक्राउ गरेर बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्न उच्च अदालत पाटनसँग अनुमति मागेको छ । प्रहरीका अनुसार रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको पाइएको छ ।
त्यस्तै पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको र देखाएर पेन्सन भने आफैंले लिने गरेको प्रहरीको भनाइ छ ।रासस
