
pku
Sgr
Srbpu
Rgp
Lnp
Pbu
Rgp1
Unsku
Ggp

Gst
Asm
Pvg
nsb
Sls
Ggd
Vor
Rsb
Bbu
Ssm
Tsm
Hal
Rgs
Bbbpu
Wsp
Ksm
Rgu
Rgu
Sbs

sab
Pls
Rmb
Gsb
Jmb
Rpp
Syp
Jmb
Ptm
Mks
Abd
Bml
bbt
काठमाडौँ । बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् ।
गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर,ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने कार्कीले बताए ।
त्यस्तै गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही कार्यालयमा करारमा काम गर्ने एक कर्मचारीसँग नजिकिएका थिए । ती युवतीसँग नजिकिएका गजमेरले आफूलाई गत माघ १८ गते करणी गरेको भन्दै जाहेरी परेको प्रहरकिो भनाइ छ ।
यस्तै हाल गजमेरलाई पक्राउ गरी अनुसनधान भइरहेको र गजमेरले हालसम्म आफ्नो काम वा अन्य विषयमा केही नबताएको एसपी कार्कीले बताए । उनीसँग बयान लिने क्रममा त्यो विवरण खुल्ने भएपनि अहिले नै उनीसँग बयान नलिएकाले उनीबारे थप केही जानकारी नभएको कार्कीले बताए ।रातोपाटी
