
Rgp1
Unsku
Lnp
Srbpu
Rgp
Ggp
pku
Sgr
Pbu

Pvg
Gst
Rgu
Ssm
Wsp
nsb
Rsb
Tsm
Bbu
Ggd
Rgu
Bbbpu
Rgs
Ksm
Asm
Vor
Hal
Sbs
Sls

Syp
Ptm
Rmb
Jmb
Gsb
Abd
Rpp
bbt
Pls
Jmb
sab
Mks
Bml
दाङ । मुक्त कम्लरीले परिचयपत्र तथा आयआर्जनका लागि सीपमूलक तालिम दिन सरकारसँग आग्रह गरेका छन् ।
मुक्त कम्लरी विकास मञ्चको आइतबार घोराहीको चौघेरामा सम्पन्न १३ औं वार्र्षिक केन्द्रीय साधारणसभा तथा सामाजिक लेखाजोखा कार्यक्रममा मूक्त कम्लरीको सवाल संबोधनमा संघीयतापछि सरकार अलमलमा परेको उनीहरुले बताए ।
मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले मुक्त कम्लरीको अभिभावकत्व सम्बन्धित पालिकाले लिनुपर्ने बताउनुभयो । ‘गास,वास नपाएका र आफन्त नभएकालाई पहिलो प्राथमिकता दिइनेछ’– उहाँले भन्नुभयो– ‘बस्ने थलो हुनैपर्छ ।’ आफूले पहल गरेर यस पटक दुईजनाको घर बन्न लागेको उहाँले जानकारी दिनुभयो । घोराहीभित्र रहेका जग्गा जमिनविहीन कम्लरीलाई सम्पर्कमा आउन उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै दिगो पुनस्र्थापनाका लागि पैरवी गरिरहेको, कम्लरीहरुको छात्रवास तथा उच्च शिक्षाको लागि स्थानीय सरकारसँग निरन्तर पहल गरेको, राष्ट्रिय अन्तर्राष्टिय दातृ निकायसँग परियोजनाको लागि पहल गरेको, स्थितिपत्र पाँच वर्षे रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याउन लागेको मञ्चका उपाध्यक्ष निर्मला चोधरीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा छ । यसैगरी दाङमा अहिलेसम्म चार हजार नौ सय ३४ जनालाई कम्लरी परिचयपत्र वितरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष चौधरीले मुक्त कम्लरीको पुनस्र्थापना र परिचयपत्र आकाशको फल भएको धारणा राख्नुभयो । तथ्यांक भेटिएको छैन, अपडेट भएको छैन । त्यसैले सबै पालिकामा तथ्यांक अद्यावधिक गर्नुपर्ने उहाँको भनाइ थियो । साधारणसभामा आर्थिक प्रतिवेदन मञ्चका कोषाध्यक्ष सुशीला चौधरीले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा घोराही– १७ का अध्यक्ष रामलौटन चौधरी, घोराही–२ का सदस्य टोपेन्द्र डाँगी, मञ्चका बाँके जिल्ला अध्यक्ष सुनिता चौधरी, थारु कल्याणकारिणी सभाका अध्यक्ष अशोक चौधरी, कृषि ज्ञानकेन्द्र दाङका अधिकृत फितुमान चौधरी, देउखुरी सामुदायिक पुस्तकालयका दुःखहरण यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुृभएको थियो । कार्यक्रममा स्वागत मञ्चका दाङ जिल्ला अध्यक्ष गीता चौधरीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मञ्चका कोर्डिनेटर सुलोचना चौधरीले गर्नुभएको थियो ।नयाँयुगबोद्य
