
Msbus
Ggp
Ksbus
Ksbus
Ggp
Lnp
Rgp
Asbus
Sdc


काठमाडौँ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरेको छ ।
गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
यस्तै राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार,कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३,मधेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१,बागमतीबाट सात करोड ८८ लाख ४० हजार,गण्डकीबाट आठ करोड १८ लाख ७६ हजार छ,लुम्बिनीबाट नौ करोड ३८ लाख ६४ हजार दुई,कर्णालीबाट एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार सङ्कलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनु भयो ।
उहाँ का अनुसार ट्रक र ट्याङ्करबाट १५ करोड १९ लाख ९५ हजार चार सय,बस र मिनिबसबाट नौ करोड २० लाख पाँच,कार,जिप र भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६,ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार,मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार छ सय राजश्व सङ्कलन भएको हो । राजश्व रकममध्ये सबै भन्दा बढी काठमाडौँ उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै मादक पदार्थ सेवन गरेर तथा तीव्र गतिमा सवारी चलाउने,लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने,जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने,आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङ्कलन गरिएको प्रनाम ढकालले जानकारी दिनु भयो ।
यस्तै उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक र ट्याङ्कर एक लाख ७० हजार ८४२ वटा, बस र मिनिबस एक लाख नौ हजार ३७७, कार, जिप र भ्यान दुई लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल चार लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् ।
त्यस्तै कारबाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कले देखाएको छ ।
