
ksbl-7
Pbu
Gsbg-3
Gsbr-6
Rksr-7
Msbg-2
Jsbg-7
Csbg-7
Jsbr-3
Usbl-7


दाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २९ औं जनयुद्ध दिवसको अवसरमा प्रथम खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गाउँ कमिटीले जनयुद्ध दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको कमिटीका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष शर्माका अनुसार फागुन १ गते देखि उक्त खेलकुद प्रतियोगिता शुरु हुने भएको छ । फुटबल प्रतियोगिता फिफाकाे नियम अनुसार सञ्चालन हुने बताइएको छ।
त्यस्तै प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार र द्वितीय हुने टिमलाई १२ हजार रुपैयाँका नगद सहित मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिने कमिटीका सचिव बसन्त नेपालीले जानकारी दिनुभयो । सचिव नेपालीका अनुसार टिम दर्ता गर्न १ हजार रुपैयाँ शुल्क लाग्ने छ।
त्यस्तै उक्त प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २७ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताइएको छ ।
टिम दर्ता गर्नका लागि कमिटीका काेषाध्यक्ष जगत बहादुर थापा लाई ९८४८७४२७७७,९८२२४८४२६१ मा सम्पर्क गर्न सकिने बताइएको छ ।
