
Rgp
Lnp
Sgr
Srbpu
pku
Ggp
Pbu
Unsku
Rgp1

Rgs
Rsb
Rgu
Wsp
Tsm
Sbs
Gst
Pvg
nsb
Bbbpu
Asm
Ksm
Bbu
Vor
Sls
Hal
Ggd
Ssm
Rgu

Ptm
Syp
Abd
Pls
Jmb
Jmb
Rmb
bbt
Rpp
Mks
sab
Bml
Gsb
दाङ । देउखुरी मोबाइल व्यवसायी संघको तेस्रो अधिबेशन तथा चौथो वार्षिक साधारणसभा शनिबार आज लमहीमा सम्पन्न भएकोछ।
देउखुरी मोबाइल व्यवसायी संघका अध्यक्ष बिजय सिंह ठकुरीको अध्यक्षता तथा नेपाल अभिभावक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष,एन प्याब्सन दाङका पुर्व उपाध्यक्ष,देउखुरी पब्लिक मा.वि.का एम.डी.एवं देउखुरी मोबाइल व्यवसायी संघका प्रमुख सल्लाहकार भू-माण्डप केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय सदस्य दिपक पाण्डे,नेपाल मोबाइल व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शेष नारायण शर्मा,नेपाल डिलर एसोसिएन लुम्बिनी प्रदेश उपाध्यक्ष राजेन्द्र पाण्डे,राप्ती मोबाइल तथा इलेट्रोनिक्स ब्यबसायी संघका सचीव गोपाल पोख्रेल,देउखुरी मोबाइल तथा इलेक्टोनिक व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रकाश बेल्बासे,रेम्ली कम्पनी दाङ जिल्ला बितरक रमेश दसौदी,भिमसेन डिसी,शंकर अधिकारी,शिवराज जीसी र पत्रकार शिवराज खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सभाले राजु गिरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकोछ । जसको वरिष्ठ उपाध्यक्षमा राजु कुमाल,उपाध्यक्षमा बुद्धि राम भुसाल (विष्णु),महासचिवमा माधव भुसाल, सचीवमा कौशल अधिकारी र कोषाध्यक्षमा निम लाल भुसाल रहनु भएकोछ ।
त्यस्तै सदस्यहरुमा बिरु गिरी,दिल्ली योगी,सन्देश यादव,गंगाराम पुन मगर,शंकर पुन मगर,धनिराम चौधरी,भर्ज बहादुर घर्ती मगर र संघको प्रबक्तामा टोपलाल भुसाल रहनु भएकोछ भने प्रमुख सल्लाहकारमा भू-माण्डप केसी तथा कानुनी सल्लाहकारमा भानु जोशी रहनु भएकोछ।
बन्दसत्रमा कोषाध्यक्ष बुद्धि राम भण्डारी( बिष्णु )ले संघको आर्थिक वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । वरिष्ठ उपाध्यक्ष राजु गिरिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कानुनी सल्लाहकार तथा संचारकर्मी भानु जोशीले गर्नु भकोथियो ।

