
Srbpu
Rgp1
Rgp
Lnp
Ggp
Sgr
Pbu
Unsku
pku

Bbbpu
Ssm
Sbs
Wsp
Rgu
Pvg
Rsb
Asm
Hal
Ksm
Rgs
nsb
Vor
Ggd
Tsm
Rgu
Gst
Sls
Bbu

Jmb
Jmb
Mks
Pls
bbt
Gsb
Ptm
Rpp
Syp
Abd
sab
Rmb
Bml
दाङ । भालुवाङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति राप्ती गाउँपालिकाको २७ औं वार्षिक साधारणसभा शनिबार भालुवाङमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष हस्तबहादुर गुरूङको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्ने वक्ताहरूले समितिलाई सरसफाईमा ध्यान दिन आग्रह गरेका छन् । समितिको नाम अनुसार काम नभए बताउँदै उपभोक्ताहरूले नाम अनुसारको काम गर्न वक्ताहरूले आग्रह गरेका हुन् ।
राप्ती गाउँपालिकाको प्रमुख बजारको रूपमा रहेको भालुवाङ बजार सँग कार्यक्षेत्र भित्र बढ्दो फोहोर सफाई गर्न गाउँपालिकाको मात्र जिम्मेवारी नभई खानेपानी संस्थाको पनि प्रमुख जिम्मेवारी भएकोले त्यस तर्फ ध्यान दिन वक्ताहरूले सुझाव दिएका छन् । खानेपानी संस्थाले शुद्व खानेपानी खुवाउने र रकम अशुल्ने मात्र काम भयो तर अन्य महत्त्वपूर्ण काम गर्न नसकेको उनीहरूले बताएका छन् ।
त्यस्तै सभामा वार्षिक प्रगति प्रतिवेदन समितिका सचिव गोपाल चन्द, आर्थिक प्रतिवेदन कोषाध्यक्ष चन्द्रप्रकाश आचार्य र लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक शिशिर जिसीले प्रस्तुत गरेका थिए । सभामा सरसफाई र नियमित बिल भुक्तानी गर्नेहरू उपभोक्ताहरूलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरूमा भालुवाङ निवासी सेती दमाइनी २ हजार ५ सय ५ रूपैयाँ सहित प्रथम, पाखापानी निवासी सुन्दर लक्ष्मी चाैधरी २ हजार ५ रूपैयाँ सहित दोस्रो, भालुवाङ निवासी नाजिरा खातुन १ हजार ५ सय ५ रूपैयाँ सहित तेस्रो र पुल्चोक निवासी धनबहादुर राई १ हजार ५ रूपैयाँ सहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
समितिका उपाध्यक्ष ऋषिराम आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको सभामा राप्ती गाउँपालिका स्तरीय खानेपानी महासंघका अध्यक्ष जुम्मन मियाँ, राप्ती उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार होमप्रसाद शर्मा, सोही उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, सम्वृद्वि टोल विकास संस्थाका अध्यक्ष भिमलाल न्याैपाने, विहानी टोल विकास संस्थाका अध्यक्ष सुर्यप्रसाद सुवेदी, रामजहदी सामुदायिक वनका अध्यक्ष हरिप्रसाद श्रेष्ठ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव गोपाल चन्दले गरेका थिए ।

