
Pbu
pku
Lnp
Ggp
Rgp1
Srbpu
Sgr
Rgp
Unsku

Sbs
Asm
Rgu
Hal
Wsp
Rgu
Rgs
Ssm
Pvg
Gst
Tsm
Ggd
Bbu
Ksm
Sls
Rsb
nsb
Bbbpu
Vor

Pls
Syp
Ptm
Mks
Gsb
Abd
sab
Jmb
Rmb
Rpp
bbt
Bml
Jmb
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादेविरुद्ध मुद्दा दायर गरेको हो । वडाध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
यहीँ माघ ३ गते नियन्त्रणमा लिइएका उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो । बादेसँग १५ लाख रुपैयाँ नै बराबरको बिगो माग गरिएको जनाइएको छ ।
