
Pes
Lnp
Srbpu
Pbu
Rgp
cjs
Rgp1
Sgr
pku
Gfs
Ggp
Djs
Unsku
Ses

Ssm
Asm
Rgs
Sbs
Ggd
nsb
Pvg
Hal
Tsm
Gst
Rsb
Vor
Bbbpu
Ksm
Rgu
Wsp
Rgu
Bbu
Sls

sab
Bml
Syp
Jmb
Jmb
Pls
Mks
Rmb
Ptm
Rpp
Gsb
Abd
bbt
रौतहट । दाइजो नपाएको कारण श्रीमतीको हत्या गरेको आरोप लागेका रौतहट निवासी राकेश सिंह कुर्मीलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडित पक्षले गुनासो गरेका छन् ।
रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं, २ वर्गिनिया निवासी कैलाश राउतले आफ्नो छोरी कल्पा पटेलको दाइजोको कारण हत्या गरिएको भनेर इलाका प्रहरी कार्यालय फतुवाविजयपुर लक्ष्मीनिया दोस्तीयामा जाहेरी दिएको चार दिन वित्दासम्म आरोपी पक्राउ पर्न सकेको छैन ।
सोही नगरपालिकाको वडा नं १ गम्हरिया टोल निवासी रामएकवाल सिंहका २८ वर्षीय छोरा राकेश सिंह कुर्मीसँग विवाह भएको चार महिना नवित्दै दाइजो स्वरुप मोटरसाइकल नदिएको निहुँमा यही कात्तिक २६ गते छोरीको हत्या गरेको पीडित बुवा कैलाश राउतले जानकारी दिए ।
दाइजोको कारण हत्या भएपछि छोरीको शवलाई वीरगन्ज स्थित नारायणी अस्पतालमा पोष्टमार्टम गरि हिन्दू रितिरिवाज अनुसार दाह सँस्कार गरेर त्यहाँ स्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिदा समेत आरोपीहरु पक्राउ पर्न नसकेको बताए ।
पीडित बुवाले छोरीको ससुरा पक्षका चारजना विरुद्ध किटानी जाहेरी दिएका छन् । उनले छोरीका ससुरा रामएकवाल सिंह, श्रीमान् राकेश सिंह,जोठाजु सुरेश सिंह तथा देवर युवराज सिंह भन्ने नरेश पटेल विरुद्ध किटानी जाहेरी दिएका छन् ।
जाहेरी दिएको चार दिन वित्न लाग्दा समेत प्रहरीले आरोपीहरुलाई पक्राउ गर्न सकेको छैन । आरोपीहरु घर छाडेर नेपालमै रहेका आफन्तहरुका लुकेर बस्दै आएको भएतापनि प्रहरीले पक्राउ गर्न नसकेको पीडित पक्षको आरोप छ ।
यसबारे इलाका प्रहरी कार्यालय फतुवाविजयपुर लक्ष्मीनिया दोस्तीयाका प्रहरी निरीक्षक विष्णु विकले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले झुण्डिएर केटीको शव फेला परेको हुनाले त्यो हत्या हो कि आत्महत्या हो भनेर अहिलेसम्म यकिन हुन नसकेको कारण आरोपीहरुलाई पक्राउ नगरिएको बताए ।
पीडित पक्षले तिनीहरु विरुद्ध जाहेरी दिएका छन्, त्यसको अनुसन्धान भइरहेको छ, अनुसन्धानबाट हत्या भएको पुष्टि भएपछि त्यसमा को को संलग्न छन्, तिनी सबैलाई पक्राउ पक्राउ गरेर कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।
मृतक कल्पा पटेलका श्रीमान् लगायत ससुरा, सासु तथा दाजुभाईहरुको मिलोमतोमा हत्या गरेर आत्महत्या गरेको देखाउन खोजिएको पीडित बुवाको आरोप छ । विवाहका बखत दाइजो वापत एक रुपैया नलिई केटा केटी पक्षले आआफ्नो खर्च आफै व्यवहोर्ने भनेर सहमति भएकोमा विवाहको दिनभन्दा दुई दिन अगाडि दाइजो स्वरुप ५ लाख नगद तथा मोटरसाइकल माग गरेका थिए ।
दाइजो माग गरेपछि तत्काल दाइजो दिन असमर्थ भएका केटी पक्षले आफूले सकेजति १ लाख ४० हजार नगद केटा पक्षलाई दिएर लकडाउन पश्चात मोटरसाइकल दिने सहमतिमा विवाह गराएका थिए ।
विवाह भएको एक महिना नवित्दै ससुरा पक्षबाट मोटरसाइकलको लागि छोरी कल्पा पटेललाई मानसिक यतना दिन थालियो र त्यस पश्चात दुई महिनासम्म छोरीलाई सम्पर्कविहीन बनाएर यही कात्तिक २६ गते बुधबार दिउँसो १ बजे गाउँका अन्य व्यक्तिबाट आफ्नो छोरीले आत्महत्या गरेको भनेर खबर आएको पीडित बुवा कैलाश राउतको भनाई छ । उनका अनुवार ज्वाई राकेश सिंहले छोरी कल्पा पटेलको हत्या गर्नुभन्दा अघि ठूली छोरीको पनि विवाह गरेर हत्या गरेको बताए ।
