
Ggp
Ksbus
Asbus
Ggp
Sdc
Rgp
Lnp
Msbus
Ksbus


दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी ब्यबस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् ।
मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबि पोख्रेल सहितको टोलीले भेटघाट गरि राजधानी ब्यबस्थापनकालागि बजेट माग गरेका हुन् ।
राप्ती गाउँपालिका अध्यक्ष विष्टका अनुसार प्रदेशको ब्यबस्थापनका लागि २५ अर्ब जति बजेट आबश्यक पर्ने भएकाले सोही अनुसारको बजेट ब्यबस्थापनका लागि छलफल भएको बताए । ऋण लिएर भएपनि राजधानी ब्यबस्थापन गर्नकालागि संघीय सरकारसंग सहमति लिनुपर्ने भएकाले सोही प्रक्रिया अगाडी बढाउन पनि भेटघाट गरिएको उनको भनाई छ ।
