
Bs1
Gsl
Pbu


दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापती राजु खनालले काङ्ग्रेसकाे नेतृत्वमा भएका तिनै तहका सरकारले गरेका कामकाे बारेमा आम नागरिकलाई जानकारी गराउन गाउँ तहमा रहेका पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
नेपाली काङ्ग्रेस गुल्मीले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्क्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री समेत रहेका उपसभापति खनालले पार्टीकाे नेतृत्वमा भएका उपलब्धीकाे बारेमा गाउँघरमा रहेका मतदातालाई जानकारी गराउन आबश्यक रहेकाे बताउनु भयो ।
त्यस्तै अहिले सम्मका परिवर्तनकाे नेतृत्व काङ्ग्रेसले गरेकाे भन्दै उपसभापति खनालले अब आर्थिक समृद्धीकाे नेतृत्व पनि काङ्ग्रेसकै नेतृत्वमा गर्नुपर्ने दायित्व रहेकाे बताउनु भयो ।
उपसभापति खनालले पार्टी भित्रका आन्तरिक द्वन्द्वलाई सार्वजजनिक फाेरममा नभै पार्टी भित्रकै आन्तरिक बैठक वा कार्यक्रम मार्फत समाधान गरिनुपर्नेमा जोड दिनु भयो ।
त्यस्तै स्वास्थ्य मन्त्री खनालले प्रदेश भित्रका ६ जिल्लामा डायलासिस सेवा सुरू गर्न लागिएकाे जानकारी दिनु भयो । स्वास्थ्य बिमाकाे दायरा बढाउनु पर्ने आबश्यक्ता महसुस गरिएकाे भन्दै मन्त्री खनालले त्यसका लागि प्रयास भैरहेकाे समेत बताउनु भएको छ ।
