
Ksbus
Ggp
Ksbus
Rgp
Ggp
Sdc
Msbus
Asbus
Lnp


दाङ । लायन्स क्लब अफ दाङ भ्याली क्यापिटलले दुर्घटनामा घाइते एक युवालाई आर्थिक सहयोग गरेको छ ।
रिपोर्टर्स क्लव दाङमा एक कार्यक्रमका विच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारा निवासी हरिबहादुर खडकालाई रु ७ लाख ७५ हजार ३ सय ५४ रुपैयाँ सहयोग गरेको हो ।
२०७५ सालमा मोटरसाइक दुर्घटनामा घाईते भएका खड्कालाई लायन्स क्लव अफ दाङ भ्याली क्यापीटलका अध्यक्ष दिपक केसी लगायतका पदाधिकारी र युवाहरुले देश विदेशमा रहेका युवाहरुसंग आर्थिक संकलन गरि उपचारका लागि आर्थिक सहयोग गरेका हुन ।
त्यस्तै खड्काको दाहिने हातको नसा काटिएको र हालसम्म ३५ लाख उपचारमा खर्च भई सकेको छ । आर्थिक रकम अभाव संगै उनले उपचार नपाई रहेको अवस्थामा लायन्स क्लवमा आवद्ध तथा अन्य विदेश र स्वदेशमा रहेका व्यक्तिहरुसंग आर्थिक रकम संकलन गरि आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको लायन्स क्लवका अध्यक्ष केसीले बताए ।
खड्काले काठमाडौंको व्लुक्रस अस्पतालमा उपचार गराई रहेको र धेरै रकम लाग्ने बताए । उनले आर्थिक रकम अभाव हुँदा आफुलाई उपचार गर्न समस्या भएको बेला लायन्स क्लव अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसी लगायतका अन्य व्यक्तिहरुले सहगोग गरेकोमा धयन्वाद दिए ।
‘मेरो हात र आधा शरिर चल्दैन उपचार गराउदा धेरै खर्च भई सक्यो फेरी उपचारका लागि जान लागेको छु यो सहयोगका लागि सवैलाई धन्यवाद छ –उनले भने ।’ उनले आफ्नो उपचारका लागि सहयोग गर्ने सवैलाई धन्यवाद दिए । खड्कालाई रिपोर्टर्स क्लव दाङमा कार्यक्रम गरि ७ लाख ७५ हजार ३ सय ५४ रुपैयाँको चेक लायन्स क्लव अफ दाङ भ्याली क्यापीटलका अध्यक्ष दिपक केसी उपाध्यक्ष भिमप्रकास वली,सचिव दिपक वली,कोषाध्यक्ष प्रकाश भुसाल सदस्य दिपक राज खड्का लगायको टोलिले चेक तथा नगद रकम हस्तान्तरण गरेका थिए ।
यस्तै कार्यक्रममा राष्ट्रिय सामाचार समिति दाङका प्रमुख नारायणी रजौरेलगायतले स्वास्थ्य लाभको कामना गरेका थिए । कार्यक्रमको सहजिकरण रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।
