Sidha Patra आइतबार, पुष २९, २०८०

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशको राजनितिक अवस्था जटिल मोडमा रहेको बताएका छन् ।

आइतबार नेपाल प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । राज्य र सरकार यति कमजोर भएको छ कि बाह्य चलखेल र हस्तक्षेप अस्वभाविक रुपमा बढेको उनको जिकिर छ । विश्व राजनितिको भूराजनितिक द्धन्दको क्रिडास्थलका रुपमा नेपाललाई प्रयोग गर्ने जोखिम बढेको बताए ।

त्यस्तै उनले देशको सिमा क्षेत्र, विमानस्थल लगायतका कुराहरु अगाडी नबढेको आरोप लगाए । उनले देशमा आराजकतावादीको सिृजना बढेको पनि बताए । उनले फरक प्रसंगमा बोल्दै मुलुकमा संघीयता कार्यान्वयन, संविधानको कार्यान्वयन, मुलुकको स्वाधिनता, स्वाभिमान र राष्ट्रियहितमा नेकपा एमालेले बाहेक कसैले पनि काम नगरेको बताए जिकिर गरे ।

साथै उनले पछिल्लो समय युवाहरु विदेशिने इतिहासकै सबै भन्दा बढी भएको बताउँदै महासचिव पोख्रेलले देश बनाउनका लागि युवाहरुको अभाव झेल्नु पर्ने अवस्था आउनेमा चिन्ता व्यक्त गरे ।

त्यस्तै वर्तमान सरकारले कुनै पनि काम गर्न नसकेको र भविष्यलाई समेत अन्धकारमा धकल्न खोजिरहेको बताए । ‘जनतालाई नयाँ आशा जगाउनु छ, नेपालीहरुले नै नेपाल बनाउने हो भन्ने मान्यतालाई स्थापित गर्नका लागि भविष्यलाई सुरक्षित गर्नका लागि नै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न संकल्प गर्न सक्नु पर्दछ, उनले भने ।’साथै उनले वर्तमान सरकारले असंख्य कमजोरीहरु गरेको बताउदै त्यसको गणना गरी साध्य नभएको आरोप समेत लगाए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]