
Unsku
Rgp1
Lnp
pku
Sgr
Rgp
Srbpu
Ggp
Pbu

Vor
nsb
Rsb
Asm
Gst
Rgu
Rgs
Bbbpu
Hal
Pvg
Sbs
Sls
Tsm
Ssm
Wsp
Ggd
Ksm
Bbu
Rgu

sab
Pls
Bml
Rpp
Syp
Jmb
Rmb
Mks
Ptm
Jmb
bbt
Gsb
Abd
रुकुमपश्चिम् । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । पालिकामा हालसम्म एक सय सात भूमिहनलाई निस्सा वितरण गरिएको हो ।
गाउँपालिको कार्यालयमा २३ भूमिहिन दलित, दुई सकुम्बासी र ८२ अव्यवस्थित लाभग्राहीलाई जग्गा प्राप्तिका लागि निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य सुशील विष्टले जानकारी दिए । “निस्सा जग्गा प्राप्तिको पहिलो आधार हो । जग्गा उपलब्ध गराउन प्रक्रियाको थालनी भएको छ”, उनले भने ।भूमिहिनले जग्गा प्राप्तिका लागि निवेदन दिएपछि निस्सा वितरण थालिएको हो ।
अब चाँडै जग्गा नापजाँच गरिने सबै प्रक्रिया पुगेकालाई पुर्जा वितरण गरिने विज्ञ सदस्य विष्टले जानकारी दिए । भूमिहीनले जग्गा पाउने निश्चित भएपछि उनीहरुलाई जग्गा उपलब्ध गराइने छ । भूमिहिन दलित तथा सुकुम्बासीलाई आवासका लागि तीन सय वर्गमिटर र कृषिका लागि एक हजार वर्गमिटिर जग्गा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष मिनबहादुर ओलीले जानकारी दिए ।
त्यस्तै छनोटमा परेका लाभग्राहीलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गा उपयुक्त भएमा सोही ठाउँको जग्गा दिने तथा त्यहाँ उपयुक्त नभएमा भूमि आयोग तथा स्थानीय सरकारको निर्णयअनुसार उपयुक्त ठाउँ खोजेर जग्गा प्रदान गरिने उनको भनाइ छ । जिल्लामा एक हजार आठ सयभन्दा बढी जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । निस्सा वितरण कार्य जिल्लाका छवटै स्थानीय तहमा सञ्चालन गरिने आयोगले जनाएको छ । रासस
