
Pbu
Lnp
Sgr
Ggp
Rgp1
Unsku
Rgp
pku
Srbpu

Gst
Rgu
Rsb
Asm
Bbu
Pvg
Sbs
Wsp
Rgu
Vor
Rgs
nsb
Ksm
Sls
Ssm
Bbbpu
Ggd
Hal
Tsm

Rmb
Mks
Syp
Jmb
Bml
bbt
Pls
Jmb
Abd
Ptm
Rpp
Gsb
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहका नव निर्वाचित पदाधिकारीले आइतबार पद तथा गोप्यनिताको सपथ ग्रहण गरेका छन् ।
कार्यक्रममा सपथ ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष कर्णबहादुर केसीले तत्काल सामुदायिक वन भित्र सरसफाइ गर्ने र वनलाई सफा तथा सुन्दर बनाउने कार्यलाई अघि बढाउने बताउनु भएको छ ।
विगतमा समूहको सचिव हुँदा आफुहरुले वनलाई नमूनाको रुपमा विकास गरेर जिल्ला वन कार्यालयबाट सम्मान सहित एक लाख पुरस्कार पाएको स्मरण गर्दै अब आफू लगायत आफ्नो टिमले पुनः समूहलाई देशकै नमूनाको रुपमा विकास गर्ने योजनाका साथ अघि बढ्ने बताउनु भयो ।
त्यस्तै अध्यक्ष केसीले राप्ती सामुदायिक वनमा विभिन्न प्रजातिका बिरुवाहरुको वृक्षरोपण गर्ने र समूहको सोन्दर्यतालाई बढाउनका लागि वन क्षेत्रमा फुलहरु रोप्ने समेत बताउनु भएको छ ।
निर्वाचन समितिका संयोजक गेमे बहादुर खड्काको अध्यक्षता तथा उक्त समूका निवर्तमान अध्यक्ष बिक्रम शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष बिजुला केसी,सचिब कमला केसी,कोषाध्यक्ष निरकुमार घर्ती मगर र सह-सचिब जाबेद महमत हलवाई लगायत २१ जना पदाधिकारीले पद तथा गोप्यनिताको सपथ लिनु भएको हो ।
त्यस्तै उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ भालुबाङका अध्यक्ष दलबहादुर घर्ती मगर,निर्वाचन समितिका सदस्यहरु लोकेन्द्र केसी,सन्तोष कुमार योगी,ईराधा झाक्री मगर,रामजहदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन समूहको कार्यालय सचिव लिलाबहादुर रेश्मी मगरले गर्नु भएको थियो ।

