
Srbpu
Rgp
Lnp
Pbu
pku
Unsku
Rgp1
Ggp
Sgr

Tsm
Gst
Sls
Rgs
Bbbpu
Rgu
Sbs
Vor
Hal
Asm
Rsb
Ggd
Pvg
Wsp
Ksm
nsb
Rgu
Ssm
Bbu

Ptm
Rpp
Jmb
Gsb
Abd
Mks
Rmb
Jmb
Bml
sab
bbt
Syp
Pls
दाङ । हरियाली बचत तथा ऋण सहकारी संस्था राप्ती गाउँपालिका–५ सिसहनियाँको अध्यक्षमा रेशमबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।
संस्थाको शनिवार राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजित १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनले अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो । थापाकै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जस अनुसार उपाध्यक्षमा लिलबहादुर रोका, सचिवमा राधा पाण्डे, कोषाध्यक्षमा शोभाखर आचार्य रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा सरिता शर्मा, ज्ञानबहादुर बुढामगर, हरिकला पाण्डे, ईश्वरीप्रसाद अधिकारी र विष्णुमाया घिमिरे रहेका छन् । त्यसै गरि अधिवेशनले खगेश्वर शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । जसका सदस्यहरुमा वृजविहारी चौधरी र तेजेन्द्र सिंह ठकुरी रहेका छन् ।
संस्थाका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा संविधान सभा सदस्य सुशिला चौधरीको विशिष्ट आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव रेशम बहादुर बुढा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिप्रसाद ज्ञवालीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ दाङका अध्यक्ष विमल अधिकारी र सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । जसमा उत्कृष्ट बचत कर्ताको रुपमा कलावती बसेल, गणेशराम चौधरी, रविन्द्र रोका, लिला शर्मा त्यसै गरि सदस्य वृद्धिकर्ताको रुपमा विष्णुमाया घिमिरे र बसन्ती केसी तथा उत्कृष्ट समुहको रुपमा महालक्ष्मी समुह मसुरीयालाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष मोम बहादुर रोकाको स्वागत मन्तव्यबाट सुरु भएको सभा उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव रेशमबहादुर बुढा र सदस्य राधा पाण्डेले गरेका थिए ।
त्यस्तै २०७७ साल पुस २७ गते हरियाली, विहानी, जनजिविका र महाप्रभु बचत तथा ऋण सहकारी संस्था एकिकरण गरि देउखुरी बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा दर्ता भई सञ्चालनमा आए पनि साविकको महाप्रभुमा कर्मचारीद्धारा आर्थिक हिनामिना सम्बन्धि मुद्दा जिल्ला अदालतमा दर्ता भई कानुनी प्रकृया अगाडी बढिरहेका बेला एकिकृत सहकारीहरु बिच विवाद बढ्दै जान थालेपछि २०८० कार्तिक १ गते लुम्बिनी प्रदेश गृहमन्त्रालयको मन्त्री स्तरीय निर्णयले एकिकृत संस्था बदर गरि साविकका संस्थाहरुलाई पुर्नजिवित गरे सँगै हरियाली बचत तथा ऋण सहकारी संस्थाले तीन आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० को बाँकी रहेको वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न गरेको हो ।
