ओमप्रकाश गुप्ता आइतबार, पुष २२, २०८०

दाङ । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन् ।

समाजको शनिबार लुम्बिनीमा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले गौतमको अध्यक्षतामा ३ सदस्य मनोनित सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

समाजको उपाध्यक्षमा केपी घिमिरे,महासचिवमा नारायण खड्का,सचिव दिपक घिमिरे,कोषाध्यक्षमा दशरथ घिमिरे,समावेशी सचिव राधा बस्नेत(रिया) रहेका छन् । त्यसै गरि सदस्यहरूमा अर्जुन कुमार अधिकारी,किरण जिसी,अमरराज भण्डारी,छवि पुरी, यमकला भुसाल,टोपराज शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी आजै बसेको नयाँ कार्यसमितिको बैठकले ३ जनालाई मनोनीत गरेको छ । यसरी मनोनित हुनेहरूमा सन्तोष कुमार गुप्ता घनश्याम भर, दिपक बोहरा रहेका छन् । बैठक नव निर्वाचित अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा लुम्बिनीमा बसेको थियो ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको शनिबार लुम्बिनीमा सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले ९ बुँदे लुम्बिनी घोषणापत्र जारी सम्पन्न भएको छ । घोषणापत्रमा कानुन सम्मत ढंगले सञ्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति सरकार समक्ष आग्रह गरेको छ ।

यसैगरी संसद भवनमा आवश्यक मिडिया सेन्टर निर्माण गर्न तथा सूचनामा सहज पहुँचको प्रबन्ध मिलाउन माग गरिएको छ । अमृत गिरी संयोजक तथा निरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको समितिले तयार पारेको घोषणापत्रलाई सर्वसहमतीमा पारित गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]