
Sgr
Ggp
Unsku
Pbu
Lnp
Rgp
Rgp1
Srbpu
pku

Sbs
Hal
Ssm
Bbbpu
Sls
Vor
Tsm
Bbu
Pvg
Rgu
Asm
Rsb
Gst
Rgu
Ggd
nsb
Ksm
Rgs
Wsp

Pls
Syp
sab
Rmb
Mks
Bml
Abd
Gsb
bbt
Jmb
Ptm
Jmb
Rpp
दाङ । टेङ्गनैया बाबा धार्मिक विकाश क्षेत्र लमही-८ निम्बुखुटीको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
सँस्थाका अध्यक्ष दिकपाल योगीको अध्यक्षता तथा जिल्ला समन्वय समिती दाङका सदस्य कुल बहादुर बुढा मगरको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाले टेङ्गनैयाको बिकाश र प्रचारका निम्ति सबै एकढिक्का भएर लाग्नुपर्ने बताए ।बिकाशका निम्ति धार्मिक र पर्यटनले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै उनले विभिन्न तहका सरकारहरुले यसतर्फ ध्यान दिन आग्रह गरे । पर्यटनका लागि यसक्षेत्रलाई प्रकृतीले साथ दिएको भन्दै लमही वडा नम्बर ७ र ८ लाई चिनाउन टेङ्गनैया बाबाको भुमिका रहने बताए । यो सँगै वडा नम्बर ७ मा रहेको होमस्टे फस्टाउने र जँगल सफारी अनि राप्तीमा र्याप्टिङ गराउन सके समग्र यी वडाहरु उदाहरणिय हुने बताए ।
‘यति गर्न सके बस्ने, नुहाउने, धार्मिक पुजा, सफारी सबै हुने भयो बुढाले भने-टाढाका पर्यटकलाई चाहिने सुबिधा यिनै हुन, यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’ उनले टेङ्गनैयाको बिकाशका निम्ति आफुले समन्वय समितिसँगै स्थानिय सरकार र अन्य निकायसँग पहल गर्ने बताए ।
सँस्थाकि उपाध्यक्ष पार्बती गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कोषाध्यक्ष अमृ थापाले २ लाख, १३ हजार, ४ सय ४७ रुपैयाको बार्षिक लेखापरिक्षण प्रतिबेदन प्रस्तुत गरेकि थिईन । कार्यक्रममा सँस्थाकि सल्लाहकार राधा केसी,आजिवन सदस्य राजेन्द्र खड्का,सतबरिया सानाकिशान सहकारी सँस्थाका अध्यक्ष तेजमणी ज्ञावली, गिरिराज बुढाथोकी, सहसचिब तारा प्रसाद नेपाली, यादब प्रसाद काफ्ले, आजिवन सदस्य कर्ण बहादुर बुढाथोकी, वडा नम्बर ७ कि महिला वडा सदस्य उर्मिला चौधरी, वडा ८ कि सदस्य देवा परियार लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा निम्बुखुटीका सम्पुर्ण गाउँबासीहरुको अतुलनिय सहयोगले तदर्थ समिति गठन गरि सँस्था दर्ता तथा प्रचारमा महत्वपुर्ण भुमिका खेलेको भन्दै तत्कालिन अध्यक्ष डिल्लि बहादुर खड्का र सचिब यादबनाथ योगीलाई कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष दिकपाल योगीले टेङ्नैया बाबा धार्मिक क्षेत्र यहाँसम्म आईपुग्नुमा निम्बुखुटी बासीको प्रमुख भुमिका रहेको भन्दै सबैमा धन्यबाद ज्ञापन गरे । आगामी दिनमा पनि यस क्षेत्रको बिकाशका निम्ति सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
>>टेङ्गनैयाको ईतिहास:
दाङको लमही नगरपालिका वडा नम्बर ८ अन्तरगत पर्ने निम्बुखुटीको सामुदायिक बनभित्र पहाडको फेदीमा अबस्थित छ टेङ्गनैया बाबा । यहाँ रहेको शिव मन्दिरको आशपासमा सधै पानी रहिरहने भएकोले यसक्षेत्रलाई जलाधार क्षेत्र मानिन्छ । पुर्ब पश्चिम महेन्द्र राजमार्ग देखि चार किलोमिटर उत्तरमा रहेको सो मन्दिर धार्मिक ईतिहास सँग जोडिएको जानकार बताउछन । परापुर्ब कालमा पाँच पाण्डबहरु स्वर्ग जाने क्रममा रिहार हुँदै यश क्षेत्रमा विश्राम गरि घोराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित धारापानीको पाण्डबेश्वर मन्दिरमा समेत विश्राम गरि स्वर्गद्वारी पुगेको धार्मिक किंबदन्ती छ ।
त्यस्तै यहाँ रहेको गुफा मन्दिरलाई स्वर्गद्वारी महाप्रभुका कान्छा चेला थानी महाराज ध्यान तपस्याको बेला देखेर भौतिक रुपमा पटकपटक खोजी गरेको स्थानिय बुद्धिजीवी समाजसेवी स्वर्गीय खिमनाथ योगिले बताउँदै आएका थिए । जँगल गएको बेला सुरुमा स्थानिय अग्रज ब्यक्तित्व स्वर्गीय आईतुराम बरालले गुफा मन्दिरलाई देखेपछि स्थानिय स्तरमा प्रचार सुरु भएको पुराना गाउँबासी बताउँछन ।
यसमन्दिरमा शिबरात्रीको अबसरमा ठूलो मेला लाग्ने गर्दछ । साथै प्रत्यक सोमबार भक्तजनहरुले दर्शन गर्ने र भाकल गरेको कुरा पूरा हुने जनबिश्वास रहँदै आएको छ । स्थानिय सरकार, सामुदायिक बनहरुको सहयोगमा गाउँदेखी गुफा मन्दिर सम्म पुग्ने गोरेटो बाटोको ट्रयाक खोलिएको हो । तर उक्त बाटो बर्सेनि बर्षायाममा बिग्रिएको देखिन्छ । स्थानिय सरकारले पक्कि बाटो तर्फ ध्यान दिए टेङ्गनैयाको थप बिकाश हुने निश्चित छ । त्यसो त लमही नगरपालिकाले हालसालै स्थानिय पाठ्यपुस्तकमा टेङ्गनैया बाबा बारे समाबेस गरेको छ । खासगरी स्थानिय स्तरको कक्षा ४ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकमा टेङ्गनैया बाबाको ईतिहासका बारेमा समाबेस गरिएको हो ।
