
pku
Sgr
Srbpu
Lnp
Ggp
Pbu
Rgp1
Rgp
Unsku

Asm
Gst
Rgu
Vor
Rgs
Tsm
Sbs
Pvg
Rsb
Bbu
Bbbpu
Ksm
Ggd
Rgu
Ssm
Wsp
Sls
nsb
Hal

Jmb
Bml
Abd
Ptm
Mks
sab
Rmb
Jmb
bbt
Pls
Rpp
Gsb
Syp
पोखरा । सूर्यदर्शन सहकारी ठगी आरोप लागेका शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र अर्का भविश्वर अर्याल बुधबार कारागार चलान भएका छन् ।
थुनछेक बहसपछि न्यायाधीश बसन्तजंग थापाको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनु भयो ।
त्यस्तै मंगलबार जिल्ला अदालतमा हाजिर भएका उनीहरुको बुधबार बयान सकिएको थियो । प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा यसअघि २ जना पक्राउ परेका छन् ।
यस्तै उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई विभिन्न मितिमा पक्राउ गरिएको थियो । यस्तै प्रहरीका अनुसार १५ जना अझै फरार रहेका छन् । अहिले फरारहरुको खोजी कार्य भइरहेको डीएसपी विकले जानकारी दिनु भयो ।
त्यस्तै उनीहरु माथि बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ दावीसहित सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो । यस्तै उक्त मुद्दा वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो ।
