
Rgp
Ksbus
Ggp
Sdc
Ggp
Msbus
Asbus
Lnp
Ksbus


दाङ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पढाई संगसंगै अतिरिक्त क्रियाकलाप तर्फ बालबालिकालाई आकर्षित गराउनु पर्ने कुरामा ध्यान दिन आग्रह गर्नु भएको छ ।
गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको छैटौं वार्षिक खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो । पुस्तकमा भएका ज्ञानका कुरा संगै विद्यार्थीले बाहिरको पनि शिक्षा हाँसिल गर्न सके मात्र उनीहरुको बौद्धिक विकासमा टेवा पुग्ने उहाँको भनाई छ ।
लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले निजि क्षेत्रबाट संचालन भएपनि विभिन्न धारमा निकै जेहेन्दार विद्यार्थी उत्पादन गर्न सकेको भन्दै आगामी दिनमा पनि यो कार्यलाई विद्यालयले निरन्तरता दिंदै जाओस, लमही नगरपालिकादेखि लिएर समग्र दाङ देउखुरीको शिक्षा क्षेत्रमा उत्कृष्ट स्थान प्राप्त गर्न सकोस,यहि छ मेरो शुभकामना’उपप्रमुख योगीले भन्नु भयो। गुणस्तरीय शिक्षा प्रदान गर्नेमा विद्यालय र अभिभावकको भूमिका महत्त्वपूर्ण हुने योगीले बताउनु भयो ।
त्यस्तै छैटौं वार्षिक खेलकुद सप्ताह समापन कार्यक्रममा खेलकुद प्रदर्शन गर्नुका साथै विभिन्न भाषाका गीतमा नृत्य प्रस्तुत गरिएको थियो भने प्रतियोगितामा विजय हुने विद्यार्थीलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
गोरखा ग्रुपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन शिक्षक प्रकाश ओली र शिला रिजालले गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । पूरा कार्यक्रमको लागि सिधा-पत्र डटकमको फेसबुक पेजमा हेर्न सकिन्छ ।



