Sidha Patra सोमबार, पुष ०९, २०८०

काठमाडौँ । प्रमुख ३ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित माओवादी,कांग्रेस र एमालेका नेताहरूबिच बैठक सुरु भएको हो ।

त्यस्तै बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) को बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत नेताहरूको सहभागिता छ ।

त्यस्तै यसअघि आइतबार पनि प्रधानमन्त्रीले देउवा र ओलीलाई बालुवाटारमा बोलाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा छलफल गरेका छन् । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए । बैठकमा नेता लेखकले तीन शीर्ष नेतालाई संसद्मा दर्ता भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको प्रगति, थप छलफल गर्नुपर्ने विषयहरू लगायतका बारेमा ब्रिफिङ गरेका थिए ।

यस्तै नेता लेखकको प्रस्तुति सुनेपछि तीनै जना नेता यो विषयलाई टुङ्गोमा पुग्नुपर्छ भन्नेमा सहमत भएका थिए । आजको बैठकमा यस विषयमा थप छलफल गरेर निष्कर्षमा पुग्न प्रयास गरिने जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]