
Msbg-2
Usbl-7
Gsbg-3
Gsbr-6
Csbg-7
Pbu
Jsbr-3
Rksr-7
Jsbg-7
ksbl-7


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।
त्यस्तै मुख्यमन्त्री चौधरीले शनिबार दुई मन्त्री थप गर्नु भएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्री सहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ ।
यस्तै नयाँ मन्त्रिपरिषद नेकपा (माओवादी केन्द्र)बाट कृष्णा केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् । आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।
त्यस्तै प्युठानका थापा काङ्ग्रेस संस्थापन पक्षका सांसद हुन् । उनी प्युठान प्रदेशसभा २ मा विजयी भएका हुन्। उनी फिल्म क्षेत्रमा रोज राणाको नामले चिनिन्छन्। यस्तै माओवादीवाट केसीको नाम यसअघि नै पार्टीले सिफारिस गरेको थियो । बाँके जिल्लाको क्षेत्र नम्बर १ बाट विजय केसी यसअघि प्रदेशको विना विभागीय मन्त्री बनेकी थिइन्।
